भारतको भुमरीमा फस्न लागेका देउवालाई यसरी बचाए प्रचण्डले , दिल्लीलाई लाग्यो अहिले सम्मकै ठुलो झड्का


काठमाडौं – पाँच दिने भारत भ्रमण रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको षडयन्त्रकारी जालबाट बचाएका छन । भारतले दोक्लममा चीनसँग परेको फाइटमा नेपाल सरकारलाई देउवामार्फत आफ्नो पक्षमा पार्न खोजेपछि प्रचण्डले यो प्रकरणमा देउवालाई जोगाएका हुन । पछिल्लो समय चीन र भारतबीचको सम्बन्धलाई सन्तुलनमा ल्याएर सफल प्रधानमन्त्रीका रुपमा विदा भएका प्रचण्डले देउवालाई पनि सन्तुलनमै राख्न सफल भएका छन । यदि देउवाले दोक्लम प्रकरण नेपाल सरकारलाई उभ्याएको भए उनीसँगै माओवादी केन्द्र पनि मुछिनेवाला थियो । तर, प्रचण्डले दबाब दिएर त्यसो हुन दिएनन भेट गर्ने कार्यक्रम नभएपछि पाँच दिने भारत भ्रमणमा बुधबार दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई साँझ नै मोदीले आफ्नो निवासमा भेट्न बोलाएर दोक्लाम प्रकरणमा नेपालको साथ खोजेका थिए । लगत्तै देउवाले प्रचण्डसँग सल्लाह गरेर जवाफ दिन्छु भने । र, बाहिर निस्किएर प्रचण्डलाई फोन लगाए । दुई नेताबीच करिब २५ मिनेट कुराकानी भयो । कुराकानीमा प्रचण्डले कुनै हालतमा दोक्लम प्रकरणमा आफू र नेपाललाई नमुछ्न सचेत गराए । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूसँग २५ मिनेट कुरा भयो’ प्रचण्ड निकट स्रोतले भन्यो ‘दोक्लम विवादमा भारतले देउवालाई तान्न खोजिरहेको छ । तर विवादमा नपर्ने अध्यक्षज्युले सल्लाह दिनुभयो ।’ प्रचण्ड निकट स्रोतका अनुसार दुई देशका प्रधानमन्त्रीले जारी गर्ने संयुक्त बिज्ञप्तीमा दोक्लमको बिषय पनि प्रवेश गराउन भारतीय प्रधानमन्त्रीले खोजेका छन । मोदीको प्रस्तावपछि झस्किएका देउवाले सत्तासाझेदार दलका प्रमुख प्रचण्डसँग सल्लाह लिएका हुन । प्रचण्डले दुई देशबीचको विवादमा नपर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार