छोरा प्रकाशको निधनले आमा सिता र पिता प्रचण्डको यस्तो छ अबस्था


काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको खबरले परिवार शोकले विछिप्त बनेको छ । आमा सिता दाहाल अचेत छन् । बाबु प्रचण्डपनि शोकले विछिप्त बनेका छन् । प्रचण्ड हिँजो झापाको बामगठबन्धनको संयुक्त चुनावी सभालाई सम्वोधन झापा पुगेका थिए । प्रकाश जहिलै बाबु प्रचण्डको सुरक्षाका लागि साथमा नै हुन्थे । हिँजो एक्कासी मलाई अवस्थ छ म झापा जान्न भन्दै प्रकाश काठमाडौ आएका थिए । काठमाडौमा आमा सिता र प्रकाश मात्र घरमा थिए । घरमा सुतिरहेको बेला बिहान ५ बजे उनी अचेत अवस्थामा फेला परेका थिए । तत्कालै उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल लगेको केही समयमा नै उनले प्राण त्याग गरेका थिए । तर झापाबाट बाबु प्रचण्ड काठमाडौ आइसकेपछि मात्र मृत घोषणा गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार