देशभर उत्साहजनक रुपमा मतदान जारी (फोटो फिचर)


रुपिन्द्र प्रभावी

पोखरा, मङ्सिर २१ गते ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि दोस्रो चरणको मतदान कार्य देशका ४५ जिल्लामा जारी छ । प्रदेश नं. ४ का ५ ओटा जिल्लामा पनि उत्साहजनक रुपमा मतदान जारी रहेको छ ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिकाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताको बिहानैदेखि भिड लागेको छ । प्रतिनिधि सभाका लागि कास्की २ वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले पाेखरा लेखनाथ-३३ स्थित शान्तिउदय माविबाट र नेपाली काङ्ग्रेसका उम्मेद्वार देवराज चालिसेले जनप्रिय मावि केन्द्रबाट मतदान गर्नुभएको छ । यस्तै, कास्की १ का वाम उम्मेदवार खगराज अधिकारीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ को आनन्दज्योति माविबाट मतदान गर्नुभएको छ । साे केन्द्रका क बाट ६१६ मध्ये २३४ (ख) बाट  ५८३ मध्ये २१० गरी ४४४ जनाले मतदान गरेका छन् ।

कास्कीको रुपा-२, थुम्कीस्थित शिवालय मा.वि. मतदान केन्द्रमा ८० वर्षीय सुकदेव ओझाबाट मतदान सुरु भएको छ । यस केन्द्रमा १०१६ मतदाता छन् । साेही केन्द्रबाट माझकाेटका ९४ वर्षीय जीतबहादुर गुरुङले पनि मतदान गर्नुभएकाे स्थानीय अजय गुरुङले जानकारी दिनुभयाे ।

पोखरा लेखनाथ–१०, रामबजारस्थित कालिका माविका ४ ओटा केन्द्रअन्तरगत (क) बाट १०३६ मध्ये २२०, (ख) बाट १०३६ मध्ये १८०, (ग) बाट १०५० मध्ये १०२ र (घ) बाट ९९२ मध्ये २०१ ले मतदान गरिसकेका छन् । यस्तै अमरसिंह मावि केन्द्रको (क) बाट ६७२ मध्ये १९२ र (ख) बाट ६२९ मध्ये १७३ जनाले मतदान गरिसकेका मतदान अधिकृत देवी भण्डारीले जानकारी दिनुभयो ।
भरतपोखरीको सरस्वती टीका माविबाट कास्की २ बाट नयाँ शक्तिका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार किरण थापाले मतदान गर्नुभएकाे छ । साे केन्द्रमा रहेका ४ अाेटा मतदान केन्द्रका ३४४५ मध्ये १३६२ मतदाताले मतदान गरिसकेका छन् ।

स्याङ्जाकै सबैभन्दा थोरै मतदाता रहेको फेदीखोला गाउँपालिकाको वडा नं. २ स्थित जनसहयोग आधारभूत विद्यालयमा कुल ४७८ मध्ये  ३५० मत खसेकाे छ भने सिद्धार्थ माविमा ३०३५ मध्ये २००० र जनसहयाेगमा । दुवैे केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकाे स्थानीयबासी तथा साहित्यकार सुरज उपाध्यायले जानकारी दिनुभयाे ।

यस्तै स्याङ्जाकै आँधीखोला गाउँपालिका वडा नं. ४ स्थित श्रवण मावि केन्द्रका कुल १२३१ मतदातामध्ये ७७७  जनाले अहिलेसम्म मतदान गरेका पत्रकार भेषराज पौडेलले जानकारी दिनुभयो । यस्तै सपच सिरानचाैर मावि केन्द्रबाट ८१६ मध्ये ५६८ मत खसेकाे छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार