प्रहार न्युज

यौन क्षमता बढाउने यी सरल उपाए

तनावपूर्ण र असन्तुलित जीवनशैलीले मानिसको मस्तिष्कमा नकरात्मक प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्य पनि बिगारिरहेको हुन्छ । पुरुषहरु केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरुको शुक्रकिट उत्पादनमा नकरात्मक असर पारिरहेको हुन्छ । यदि तपाई सुतेर टिभी हेर्नुहुन्छ भने त्यस्तो बानीलाई आजैबाट त्याग्नुहोस् । यस्तो बानीले शरीरको मोटोपनलाई बढाउँछ र शुक्रकिटको उत्पादनमा ह्रास ल्याउँछ । अनुसन्धानहरु टिभी हेर्नुको सट्टा नियमित कसरत गर्ने पुरुषको यौन क्षमता धेरै हुने बताउँछन् ।

 

घामबाट बच्न तपाई सन्सक्रिनको प्रयोग गर्नुहुन्छ भने त्यसले तपाईको छालालाई त सुरक्षित राख्छ तर त्यसले तपाईको पुरुषत्वमा हानी पुर्‍याइरहेको हुन्छ । अनुसन्धानका अनुसार छालालाई घामबाट बचाउन सन्सक्रिनमा प्रयोग हुने रासाइन तत्व पुरुष हार्मोनका लागि खतरनाक साबित हुन्छन् । त्यसको प्रयोगले ३० प्रतिशतसम्म पुरुषको शुक्रकिट उत्पादन घटाउछ । तातो पानीले नुहाउनाले पनि पुरुषत्वमा गहिरो असर पर्ने बताइन्छ । तातो पानीले टेस्टिकल्सको तापमान बढाउँछ । यसले शुक्रकिट उत्पादन घटाउनुका साथै त्यसको गुणस्तर पनि घटाउने बताइन्छ ।

 

शुक्रकिटको अवस्थालाई ठीक राख्न नियमितरुपमा यौन सम्बन्ध राख्न आवश्यक हुन्छ । धेरै समयसम्म यस्तो सम्बन्ध नराखिएमा शुक्रकिटले आफ्नो आकार बदल्ने र कमजोर हुने बताइएको छ । धेरै कसिँलो अन्डरवेर लगाउनाले टेस्टिकल्सको तापमान बढाउँछ जसले शुक्रकिटको उत्पादन घटाउछ । यसका लागि ब्रीफको सट्टा बक्सरहरु लगाउँदा राम्रो हुन्छ । घरमा बसेको समयमा पुरुषहरुले हल्का र आरामदायक कपडाहरु लगाउँदा फाइदाजनक हुन्छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology