प्रहारन्युज डेक्स

युट्युबका कान्छा करोडपति जो खेलौनाबाटै मनग्य कमाउँछन् !

काठमाडौं – संसारमा कुनै यस्तो बच्चा छैनन् जसलाई खेलौनाको शोख नहोस् । सबै बच्चा खेलौनासँग रमाउन चाहन्छन् । केही त आफ्नो खेलौना अरुलाई छुन समेत दिँदैनन् । तर, एक बच्चा खेलौनासँग खेलेरै करोडपति बनेका छन् । यतिमात्र होइन उनका लाखौं फ्यान फलाइङ छन् ।

रेयान नाम गरेका यस बच्चाले अघिल्लो वर्ष मात्रै युट्युबमा एक करोडभन्दा बढी कमाए । रेयानको ६ वटा युट्युब च्यानल छन् । र, तिनै च्यानलमा उनको भिडियो अपलोड हुन्छन् । उनको भिडियोलाई डेढ करोडभन्दा बढी पटक हेरिएको छ । रेयान अघिल्लो वर्ष युट्युबबाट सबैभन्दा बढी कमाउने सूचीको आठौं स्थानमा थिए । रेयानले तीन वर्षको उमेरमा युट्युबमा खेलौनाको समीक्षा गर्थे । उनी प्रत्येक खेलौनाको दाहोरो समीक्षा गर्छन् । खेलौनाको बारेमा उनले सानोभन्दा सानो कुराको पनि बयान गर्छन् । जसलाई हेरेर मानिसहरुले आफ्ना बच्चाका लागि किन्न सकुन् । उनको समीक्षा यस्तो हुन्छ कि मानिसहरुले सजिलै विश्वास गरिदिन्छन् । खेलौनाको समीक्षा गर्ने रेयानले आफ्नै ब्राण्डनेममा खेलौना तयार गरेका छन् । जसको सुरुआतमा उक्त खेलौनाहरु पूरा अमेरिकामा बेचियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology