प्रहारन्युज डेक्स

यी महिलाको फिगर हो संसारकै उत्कृष्ट, यस्तो छ फिगर 

एजेन्सी । टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानका अनुसार बेलायती मोडल केली ब्रुकको शारीरिक बनावट विश्वमै उत्कृष्ट मानिएको छ ।

उनका अुनसार केली न त दुब्ली छिन्, न त मोटी । उनको शरीरको हरेक अंग पूर्ण रहेको सो अध्ययनले देखाएको छ ।


कसरी गरियो अनुसन्धान ?
वैज्ञानिकहरुले यो अनुसन्धान गर्नुभन्दा पहिले एक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणमा सहभागीहरुलाई महिलाको आकर्षक शरीर हुनको लागि चाहिने मापनको बारेमा सोधिएको थियो ।

सहभागीहरुले महिलाको उचाई, कपालदेखि लिएर तौल, अनुहारको बनावट तथा हिप्ससम्मका मापनको बारेमा बताएका थिए ।

मानिसहरुका यिनै जवाफका आधारमा वैज्ञानिकहरुले एक आधारभुत मापदण्ड तयार पारे । त्यसै मापदण्डको आधारमा अध्ययन गर्दा केली संसारकै उत्कृष्ट फिगर अर्थात शारीरिक बनावट भएकी महिला पाइएकी हुन् ।

टेक्सास युनिभर्सिटीको अनुसन्धानका अनुसार परफेक्ट फिगर भएकी महिला बन्नको लागि केही खास मापदण्डमा उत्कृष्ट हुन आवश्यक छ ।

जस्तै महिलाको उचाई १ दशमलव ६८ मीटर अर्थात ५ फिट ५ इन्च हुन आवश्यक छ । महिलाको छाती, मम्मर र नितम्ब ९हिप०को मापन ९९–६३–९१ हुनुपर्छ ।


© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology