प्रहार न्युज

हात नभएर के भो र खुट्टैले कमाउँछन महिनाको पाँच लाख , यसरी कमाउँछन पुरा पढ्नुहोस

चेन जिफेङका जन्मँदै हात थिएनन । जन्मँदै हात नभएका उनले कसरी जीवन चलाउँछन भन्ने कुराले बाबुआमालाई पिरोलेको थियो । तर अहिले चेन सफल ई–कमर्स वेबसाइटका मालिक छन र उनको कमाइ मासिक लाखौं हुन्छ । यो सबै उनको खुट्टाका औंलाको कमाल हो । चीनको हुबेई प्रान्तको बोडोन्ग काउन्टीमा २७ वर्षीय चेन जिफेङ आफ्नो परिवारसँग बस्दै आएका छन । जन्मजात हात नभए पनि उनले खुट्टाको औंलालाई आफ्नो तागत बनाएका छन् । उनी आफ्नो सबै काम खुट्टाले नै गर्न सक्षम छन । हरेक किसिमका काम मानिसहरु हातले गर्छन् । तर चेन भने अन्य मानिसले हातले गर्ने काम खुट्टाले गर्छन् । उनी खाना बनाउनेदेखि दाउरा काट्ने काममा पनि अभिभावकलाई मद्दत गर्छन् । चेनले एक अनलाइन स्टोर खोलेका छन् । उनले अनलाइन स्टोरबाट १० दिनमा १० हजार युआन कमाउँछन । उनको मासिक नेपाली कमाइ ४ लाख ९५ हजारको हाराहारीमा छ । यो कमाइ उनको प्रान्तका अन्य जागिरेको औसत कमाइभन्दा दुई गुणा बढी हो । उनी खुट्टाकै सहयोगले मध्यरातसम्म ग्राहकसँग कुरा गर्दै प्रतिक्रिया लिनमा व्यस्त रहन्छन ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology