आफ्नै १३ बच्चालाई बन्धक बनाए राख्ने आमा बुवा पक्राउ

                                   

एजेन्सी –अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ बच्चालाई बन्धक बनाएर राखेको आरोपमा आमा बुवालाई गिरफ्तार गरिएको छ । उनीहरुले बच्चालाई विस्तारमा सिक्रीले बाधेका थिए । यी मध्ये केही बच्चा साना छन, सवै भन्दा सानो बच्चाको उमेर २ बर्षको छ । प्रहरीका अनुसार १३ बच्चा दुईदेखि २९ बर्षसम्मका छन । यी लसएंजिलेशबाट ५९ मील उत्तर पूर्व पेरिसको एक घरमा भेटिएका थिए । मानिएको छ कि यी बच्चा भाई बहिनी हुन । घरबाट भागेका एक पीडित यो विषयमा प्रहरीलाई जानकारी दिएका थिए । बच्चाको अस्पतालमा उपचार भएको छ । ५७ बर्षका डेविड एलेन र ४९ बर्षकी लुइसा ऐना तुर्पिनलाई बच्चालाई प्रताडित गरेको र खतरामा राखेको आरोपमा पक्राउ गरिएको हो ।

प्रकाशित मिति - मङ्लबार, माघ २, २०७४