यस कारण रद्द भए शुक्रबारका २० उडान


रसुवा ( ऋषितर्पणी वा रक्षाबन्धनमा गोसाइँकुण्डमा जाने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण शुक्रबार त्यहाँ उडान भर्न सकेनन ।

एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्ससमेत कम्पनीका करिब २० उडान रद्द भएको डाइनेस्टीका उडान प्रबन्धक बालकृष्ण पण्डितले बताए ।
प्रतिउडान पाँच जनाको दरले उडान भर्ने कार्यतालिका रहे पनि विमानस्थलमा पुगेका यात्रूहरु प्रतिकूल मौसमले गर्दा यात्रा रद्द गरी घर फर्कनुपरेको थियो ।

कतिपय यात्रुले फ्लाइट बुकिङ यथावत् राखी अनुकूल मौसम मिलेपछि यही साउन २३ श्रावणशुक्ल पूर्णिमाभित्र गोसाइँथान जान प्रतीक्षा गरिरहेका छन ।

गोसाइँकुण्डमा गङ्गादशहरा र जनैपूर्णिमाबाहेक अन्य समयमा पनि यात्रुहरु हेलिकप्टर बुकिङ गरी आउने गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार