रेन्वो हेण्डिक्राफ्टले दिन्छ् : निःशुल्क तालिम, रोजगारीको ग्यारेण्टी

  • महिलाले केही गर्न सक्दैन्न होईन अवसर पाए सिंगो देश संचालन गर्न सक्ने साहस र क्षमता राख्छन् - गोमा ढकाल

  • प्रकाश अधिकारी,

    पोखरा,१८ भाद्र । पोखराको रेन्वो हेण्डिक्राफ्टले निम्न आय भएका, ज्याला मजदुरी गरि खाने महिलाहरुलाई निःशुल्क सिप सिकाएर आत्मनिर्भर बनाउने गरेको छ । पोखरा ६, डिहिँकोपाटनमा रहेको रेन्वो हेण्डिक्राफ्ट उद्योगले सिप सिकेर केही गर्छु भन्ने महिलाहरुका लगाी निःशुल्क तालिमसंगै रोजगारीको ग्यारेण्टी समेत गरेको छ ।
    विभिन्न सरोकारवाला निकायसंगको सहकार्य र उद्योग आफँैले नियमित विभिन्न किसिमका सिपमुलक तालिम दिदैआएको रेन्वो हेण्डिक्राफ्ट उद्योगका म्यानेजिङ्ग डाईरेक्टर तथा सामाजिक अभियान्ता गोमा ढकाल बताउनुहुन्छ । हामीले जो महिला गरिव, असाय र ज्याला मजदुरी गरेर जिवीकापार्जन गदै आएका छन् वा सिपसिकेर आत्मनिर्भर बन्न चाहाने महिलाहरुको लागी निशुल्क तालिम दिन्छौ । तालिम मात्रै दिदैर्नौ रोजगारीको समत ग्यारेण्टी गरिदिएका छौँ ढकालले भन्नुभयो । जो महिलाले तालिम सिकेर जानुहुन्छ उहाँहरुले घरमै बसिबसि विभिन्न समान उत्पादन गर्नहुन्छ हामी त्यसको वजार व्यावस्थापन गरिदिन्छौ । पोखरा लेखनाथ महानगर पालिकाको आर्थिक सहयोगमा अहिले पनि महानगर पालिकाका विभिन्न दस वार्डका विस जना महिलाहरु निःशुल्क तान बुन्ने तालिम लिईरहेका छन् । तिनमहिने तालिम लिए पछि आफ्नै घरमै बसेर तान्न बुन्ने र विभिन्न समाग्री उत्पादन गरी आत्मनिर्भर बन्न सकिने भएकाले तालिम लिन आएको बताउनुहुन्छ एक जना सहभागी सिता बराल ।


    महिलाःजताततै अवसररै अवसर
    महिलाले केही गर्न सक्दैन्न होईन अवसर पाएँ सिंगो देश संचालन गर्न सक्ने साहस र क्षमता छ । ढकालले भने जस्तै त्यसका लागी स्वयम महिला आत्मनिर्भर हुन जरुरी छ । महिला आत्मनिर्भर भए महिला हिँसा र दुव्यवहार निकै कम हुन्छ महिला अधिकारकमी गोमा ढकाल भन्नुहुन्छ अहिले मेरो उद्योगमा प्रत्यक्ष अप्रक्षयरुपमा एक सय जना महिलाले रोजगारी पाउनुभएको छ । हिजो केही गर्न सक्दिन् महिलाको जुनी हारेको कर्म भनेर बस्ने महिलाहरु अहिले माासिक चालिस हजार सम्म कमाई गर्नुहुन्छ । ‘केही गर्छु भन्ने क्षमता, साहास र सिप हुने हो भने महिलालाई जताततै अवसररै अवसर छ । ढकालले भन्नुभयो ।


    मासिक पाँचलाखको कारोबार
    अल्लो र कटनका विभिन्न डिजाईनका व्याग, डिनर म्याट, रुम म्याट तथा अर्डरनुसारका समाग्री उत्पादन गदै आएको उद्योगले मासिक पाँचलाखको कारोबार गरिरहेको छ । म्यानेजिङ्ग डाईरेक्टर ढकाल भन्नुहुन्छ “उत्पादित समाग्रीको बजारमा समस्या छैन्, सिजनमा मासिक पाँचलाख सम्मको कारोबार हुन्छ ।” उत्पातिद समाग्री अष्टे«लिया, अमेरीका,ताईवान, चिन लागाएतका देशमा निर्यात हुदै आईरहेको छ ।

     

     

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार