प्रहार न्युज

आधुनिक छाउगोठको पक्षमा…

प्रगति राई

छाउघर आवश्यक छ । छाउप्रथाको उन्मूलन होइन व्यवस्थापन गर्न जरुरी छ । अहिले प्रथाको सर्वत्र विरोध आइरहेको बेलामा आवश्यकता छ भन्दा पाठकमा अनौठोपनाको तरङ पैदा हुनसक्छ । यी हरफ पढ्दा पाठकलाई लाग्न सक्छ कि कुरो नबुझिएको हो कि लेख्न नजानिएको हो? भनि पाठकले दोहोरेर पढ्नुपर्ने झन्जट आइलाग्नसक्छ । तर निर्विवाद म लेख्तछु कि छाउघर आवश्यक छ ।
हरेक स्त्रीहरूलाई थाहा छ, रजस्वलाका दिनहरू कति कठिन बित्दछ । यधपि न आरामको समय हुन्छ, न खानपानको नै ख्याल हुन्छ । सेनेटरी प्याडले बहिरहेको रगत व्यवस्थापन गर्न सहयोग त गर्छ तर पिडा कम गराउने कुनै उपाय छैन । सरदर पाँचजना स्त्रीमा दुईजनालाई वेहोस हुनेसम्मको पिडा हुन्छ । यो पिडा कम हुन आमा हुनैपर्छ । त्यसपछिको रजस्वलामा भने पिडा अलिक कम हुन्छ । दैनिक एक डेड पाउण्ड रगत बग्छ । शरिर एकदमै शिथिल हुन्छ । रक्त अल्पताले सताउँछ । कतिपय विवाहित महिलाहरूले त सहवासको पनि थप झन्जट खेप्नुपरेको समाचार यदाकदा आउँछ ।
रजस्वला हुनु केहिदिन अघिदेखि नै तल्लो पेट कडा डल्लो परेजस्तो हुन्छ, गर्हौ हुन्छ । नमिठो पिडाले बिस्तारै च्याप्दै लान्छ फलस्वरुप स्वभावमा पनि चिटचिटाहट बढ्न थाल्छ । सायद बिरामले होला कतिलाई झर्किने बानी पनि लाग्छ । शरिर कोमल हुन्छ । सानै चोटमा पनि धेरै रगत बहन्छ । विधुतीय उपकरणहरू हेर्नाले आँखा पनि छिट्टै असर गर्छ । यधपि साविकको काम गर्नै छ । श्रमिक महिलाको स्थिति अनुमान गर्दा नै आङ सिरिङग हुन्छ, कर्मचारी महिलाले पनि कम सास्ती खेपेको हुँदैन । दुई ईन्च डाइपर लगाएर दिनभर कसरी कुर्सीमा बस्छन् होला, आर्मीले कसरी डूटी निभाउछ होला ? राजनीतिज्ञले त्यस्तो विरामी अवस्थामा पनि कसरी देशविकास बारे सोंच राम्रो बनाउँछ होला ?
सेनेटरी प्याडले विज्ञापनमा प्याड लगाएपछि उफ्रिन, दौडिन, पर्खाल नाघ्न जे गरे पनि हुने देखाउँछ । वास्तवमा यो सरासर झुट हो । प्याडले सिर्पm रगतको व्यवस्थापन गर्छ तर स्वास्थ्यको होइन । स्वास्थ्यको लागि त पाँचदिनसम्म निरन्तर आरामको जरुरत छ । प्रशस्त पानी पिउनु, फलफुल खानु र दिमागलाई सफा र खुशी राख्नु जरुरत छ ।
आजसम्म कसैलाई ज्ञान भएन कि हामीले रजस्वालाको अवधिमा आरामको समय छुट्याउनुपर्छ । श्रमिक महिलाले आरामको दिन छुट्याउनपर्छ । कर्मचारीले वेतलवी नै भए पनि छुट्टि लिनुपर्छ र आपूmलाई सहजपर्ने अवस्था अपनाउनुपर्छ । सिर्पm अखबारभरि छाउघरको वेदना पोखिरहयौं ।
समाजबाट छाउघर फ्याँक्न खोजिरह्यौं । रजस्वाला भएका बेला यो छुनुहुदैन त्यो गर्नु हुँदैन । आजसम्मका समाजले केके कुरामा बन्देज लगाएको छ त्यहि कुरा भत्काउनमा मात्रै हाम्रो प्रयत्न भए । यो किन भत्किरहेको छैन । यसको जरा कहाँसम्म पैmलिएको छ भन्ने विचार गरेनौं ।

एघारवर्षको उमेरदेखि अव्यवस्थित रजस्वाला खेप्दै आएकी स्त्रीले कतिदिन टिकाओस् उसको जीवन । वेस्याहार अङगहरूले कति धानोस् दुःख ? कति लम्ब्याओस् आयू ? हामीले कहिल्यै सोच्यौं ?

हिन्दुशास्त्रमा प्रत्येक वर्ष हिन्दूहरूको घरघरमा स्वास्थानीको कथा पढाइन्छ, जहाँ असीवर्षे शिवदत्तसँग सात वर्षे गोमाको विवाह गरेको पाठ पढाइन्छ । अनि तिनै शिक्षाका विद्यार्थीले वालिकाको शोषण गर्न पुग्छ र वृद्धा सजायको भागिदार हुन्छ । शास्त्रमा पढेको कुरा व्यवहारिक जिवनमा लागू गर्न किन पाइन्न ? यो अपराध हो । अपराध सिकाउने स्वास्थानी व्रतकथा किन खारेज गरिन्न ? यस्तै धर्मको नाममा प्रत्येक विहान पूजापाठ गर्ने हिन्दूस्त्रीहरूले रजस्वाला हुनु भनेको जुठी हुनु हो । यस्तो बेलामा लुकेर बस्नुपर्छ भन्ने वाल्यकालदेखि सिक्दै आएको दिमागमा एक्कासी यसको विरोध गरेर कसरी दिमाग परिवर्तन हुन्छ ? शास्त्रद्धारा प्रशिक्षित दिमाग लरतरोले परिवर्तन हुँदैन । त्यो सोंचको अन्त्य हुन व्यक्ति नै खतम हुनुपर्छ । यसैले खराब शास्त्रद्धारा प्रशिक्षित पुस्ता जबसम्म सकिदैन तबसम्म रजस्वाला हुनुलाई पाप नै मानिन्छ । किरात स्त्रीहरूले किन छाउघर चिन्दैनन्? किन भने शास्त्रले रजस्वाला हुनु भनेको स्त्रीको विकास हुनु भन्ने सिकायो । आजभोलि छिमेकीहरूको सिको गरेर यसो मन लागेका बेलामा बारीटोपल्ने चलन बढ्दैछ ।
रजस्वाला अवस्थामा पर पार्नुको अर्को पनि कारण छ त्यो हो उहिलेको जमानामा बहेको रगत व्यवस्थापन गर्ने उपाय जानिएको थिएन । निरन्तर रगत बगिरहने भएकाले पनि एक ठाउमा थन्किएर बस्नुपरेको अवस्थाको अनुमान लगाउन सकिन्छ । कपडा फेरिरहनलाई लुगा पनि त थिएन । आजकल प्याड भनिन्छ ऊ बेला धोति भन्थे, तर त्यो पनि स्त्रीले धोति लगाउन हुन्न माइति मासिन्छ भन्थे । पछिपछि गएर प्याड लगाउन थालियो । मैले पनि त्यहि सिकें ।

भरर्खर विवाह गरेको छिमेकी भाउजु थिइन् । उनलाई एकदमै पिडा हुन्थ्यो । हामी बिहान कोदोबारीमा घाँस काट्न जान्थ्यौं । उनी हातैमा घाँस र हँसिया बोकेर कुनामा लडिबुडि गर्थिन् । आमा भएपछि पिडा कम हुन्छ भनेर विवाह गरिदिएका रे, तर दाइ त पल्टनमा । भाउजुको व्याथा उस्तै । असारको दिनमा गाउँघरतिर कुकुर बिरालाले पनि काम गर्नुपर्छ । मान्छेले त झन कति हो कति । छिटो घाँसको भारी पु¥याएर दिउँसो पर्म तिर्न जानुपर्छ । म पिलपिल रुदै भाउजुलाई रुगिबस्थें । आज त उनलाई घरमै सुत्न दिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर सेनेटरी प्याडको विज्ञापनमाजस्तो दिनभरि हिलोमा धान रोप्नुछ । बिउको भारी बोक्नु छ । बाउसे गर्नुछ फ्याउरी लाउनुछ ।
हामीले कहिल्यै सोच्यौं के हाम्रा बाबाभन्दा आमा किन दुर्वल छिन् ? किन धेरै सन्तानले असामयिक टुहुरा हुनुपर्छ ?
एघारवर्षको उमेरदेखि अव्यवस्थित रजस्वाला खेप्दै आएकी स्त्रीले कतिदिन टिकाओस् उसको जीवन । वेस्याहार अङगहरूले कति धानोस् दुःख ? कति लम्ब्याओस् आयू ? हामीले कहिल्यै सोच्यौं ?
रजस्वालाई पाप मान्दै गरोस् । हिजोका पुस्ताले पाप मान्थे, आजका पुस्ताले अपराधसम्म मान्छन् । अब भोलिका पुस्ताले उत्साहको विम्व अवश्य मान्नेछन् । तर हाम्रो पुस्ताले व्यवस्थित आरामगृह निर्माण गर्नुपर्छ । रजस्वालाको अवधिभरि राम्रो खानपान र स्याहारको शिक्षा लेखौ अखबारहरूमा ।
कम्यूनिष्ट शिद्धान्तले नारी पुरुष बराबर अधिकार भन्ने नारा ल्यायो तर प्राकृतिकतामै फरक महिलाहरूमा विशेष अधिकार स्थापित गर्नुपर्छ भन्नै सिकिएन । एक रजस्वालाग्रस्त स्त्री र वयस्क पुरुषमा कसरी समानता खोज्न सकिन्छ । के सुन र फलामलाई हामीले एउटै काममा उपयोग गर्न सक्छौं ।

प्रत्येक बिहान रजस्वला पाप भनि सिकेको शिक्षाले कसरी एउटा लेख पढेर पापलाई धर्ममा बदल्न सक्छ ? दिमाग सफा गर्न त उसको संस्कार बदल्नुपर्छ ।

अहिले सरकाले प्रत्येक गाविसमा कुल वजेटको दश प्रतिशत महिलाको नाममा छुट्याएको छ । त्यसैबाट प्रत्येक वडामा एउटा आरामगृह निर्माण गरे पनि हुन्छ । आधुनिक छाउगोठ अर्थात आरामगृह पश्चिममा मात्र हैन देशभर बनिनुपर्छ । तर लेखिका सिमोन द वोउवारका सिद्धान्तमा आधारित महिला अर्थतन्त्रमा मजवुद हुनुपर्छ भन्ने शिक्षाबाट आजका महिला दायाँ बाँया मोडिनै सकेका छैनन् । यसैले महिला सशक्तिरणले गाविसमा आएको पैसा संस्थामा थैली बाँधेर राख्ने चलन छ । चर्को ब्याजमा लगानी गर्ने चलन छ । प्रत्येक टोलटोलमा आमासमूह खुलेका छन् तिनका काम पैसा उठाउनु र ऋण लगानी गर्नु सिवाय केही छैन । स्वास्थ्यमा लगानी भन्ने त नामै छैन । धनी भएपछि सबथोक पुग्छ भन्ने सोचको विकास भएको छ । यसरी बिस्तारै बटुलिदै गएको रोगले एकदिन किमो थेरापी गर्न लगाउँछ, हो त्यतिबेला त्यो संस्थाको वजेट उपयोग होला । महिला सशक्तिकरणमा सरकारको यतिधेरै लगानी रहेर पनि स्तर नउक्सिनमा यहिं एउटा कारण छ, हरेक संस्थाको बजेट कि त संस्थामा कुम्लो पारेर राखिएको छ कि त व्यक्तिले गोजी खँदिलो पारेका छन् । अखबारी महिलाहरूको समय भने सधैं छाउघरको व्याथा लेख्नमा समय खर्चिरहेको छ । । सिर्पm छाउघरको पिडा लेख्छौं, सिर्पm त्यहि पुरातन सोंचको विरुद्धमा उभिन्छौं । आजसम्मको हाम्रो प्रयास ‘वागमति सफा गरौं’ भन्दै सडकविभागले त्यहि बागमतिमा ढलको निकास निकालेजस्तो मात्रै भा’छ । वागमति सफा हुनको लागि त कम्तिमा दुईकिनारमा ढल छुट्टै बग्ने व्यवस्था गर्नुप¥यो नी । त्यस्तै रजस्वालालाई धर्म मान्नु त हिन्दूसंस्कारले यो पाप होइन, मासिकधर्म निभाउनु प्रकृतिको नियम मान्नु हो भन्ने पाठ सिकाउनु प¥यो नि । प्रत्येक बिहान रजस्वला पाप भनि सिकेको शिक्षाले कसरी एउटा लेख पढेर पापलाई धर्ममा बदल्न सक्छ ? दिमाग सफा गर्न त उसको संस्कार बदल्नुपर्छ ।
दःखलाई लेख्दैमा समाधान हुदैन । दुःखको उन्मूलनको लागि त हाम्रो लेखहरूपनि परिवर्तनीय हुनुप¥यो । जे छ त्यसैलाई लेख्दै गयौं भने त्यो समाचार हुन्छ । समाजको विचार बदल्नको लागि लेखक पहिले बदलिनुपर्छ ।

यसैले भनिएको हो छाउघर आवश्यक छ । यो छाउघरलाई परिमार्जन गरेर आधुनिक सुविधासम्पन्न आराम गृह बनाउन पो जरुरी छ । रजस्वलाताका चिसोमा बस्नुहुँदैन, महिनैभरि रुघाले पछ्याइरहन्छ । उकालो ओरालो गर्नु, भारी बोक्नु हँदैन । यसैबाट पाठेघर सर्नेक्रम जारी हुन्छ र कालान्तरमा अपरेशन गर्नुपर्ने वाध्यता पर्छ ।
कम्तिमा पनि एउटा वडामा एक आरामगृह स्थापना भए टोलभरिका स्त्रीहरू एक पटकमा चारपाँजजना एकैसाथ रजस्वाला हुन्छन्, उनीहरूलाई सँगै समय बिताउन पनि सजिलो हुन्छ । फराकिलो सुरक्षित नुहाउने कोठा होस्, टोलभरिका महिलाहरूले तागतिला खानेकुरा लगिदिएर पर्म लगाऊन् । आरामदायी र न्यानो ओछ्यान होस् । रजस्वला हुनु भनेको आराम गर्न र मिठो खानेकुरा खानेदिन भन्ने संस्कार बसोस् । पुरातनवादीले मान्दै गरुन् न रजस्वलालाई पाप । तर हाम्रो विचार, हाम्रो निर्देशनहरू र लेखाइहरू व्यवहारिक हुनुप¥यो । शिक्षित हुँ भन्नेहरूले नै स्वतन्त्रताको पक्षमानेर आपूmलाई अस्वस्थ्य बनाइरहेका छन् । आज शिक्षित महिलाहरूले नै नारी पुरुष समान हो भनि पुरुषको सिको गरेर स्त्रीत्व गुमाइसकेका छन् । पुरुष हँदाहुँदै महिलाले किन पुरुषजस्तो हुनुप¥यो । महिलाले त महिलात्वको पो जगेर्ना गर्नुपर्छ, । महिलाहुनुको महत्वलाई पो उजागर गर्नुपर्छ त ।

यस्तो कानून बनाऔं, कुनै पनि ठाउँको स्त्रीले रजस्वला भएको बेला अस्थायी छाउघरमा बस्नुपरेछ भने त्यो स्थानको सशक्तिरण समूहले जेल जानुपरोस् । सरकारी सेवा सुविधाबाट च्यूत बनाइयोस्, जो आजसम्म महिलाको नाममा आएको वजेट सरकारको आँखा छलेर खल्ति भर्नेकाम गरिरहेका छन् । त्यो स्थानको आमासमूहहरू दण्डित होऊन् । मानिसलाई नियन्त्रण गर्ने भनेकै कि धर्म हो कि त कानुन नै हो । आजसम्म धर्मले बाँधेर उब्जाएको संस्कारलाई कानूनले निर्मूल पार्न सकिन्छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology