किन चाहियो बाम गठबन्धन ?


 

-रवीन्द्र अधिकारी

नेपालको राष्ट्रिय राजनीति यति बेला नेकपा एमाले र माओवादी केन्द्रबीच गरिएको एकताको प्रसङ्गले तरङ्गित बन्न पुगेको छ । यी दुई बाम घटकबीच चुनावी तालमेल र एकताको चर्चा परिचर्चा चलिरहँदा राजनैतिक घटना वृत्तमा विभिन्न अड्कलबाजी र धारणाहरु प्रस्तुत हुँदै आएको पाइन्छ । कतिपयले यसलाई सकारात्मक कदम भन्दै नेपालको विकासको लागि यो एक महत्वपूर्ण छलाङ भनेका छन् भने कतिपयले यसलाई केवल सत्ता प्राप्तिका लागि मात्र  गरिएको क्षणिक गठबन्धन हो, जसको कुनै अर्थ र औचित्य छैन भन्दै व्याख्या र विश्लेषण गरेको पाइन्छ । यद्यपि यो गठबन्धनले विगतको गठबन्धन जस्तै कुर्ची र सत्ताकै लागि गरिएको तीतो यथार्थलाई कोट्याउँछ वा भोलिको मूलुकको समृद्धि र विकासका लागि एउटा आधारशिला प्रदान गर्छ, त्यो  र्हेर्न बाँकी नै छ ।

२००७ सालदेखि हालसम्म आइपुग्दा नेपालको राजनीतिले विभिन्न घटनाक्रमहरु पार गर्दै आएको छ । यसबीचमा हामीले राणाशासन विरुद्धको आन्दोलन, पञ्चायती शासन व्यवस्था विरुद्धको आन्दोलन, २०४६ सालको दलीय शासन व्यवस्थाको विरुद्धको आन्दोलन र जन आन्दोलन २०६२÷२०६३ लाई पार गरिसकेका छाँै तर आन्दोलन र परिवर्तनले नेपाली समाजको रुपान्तरण र जनताको विकास र समुद्धिका लागि खेलेको भूमिका निकै नै उदेक  लाग्दो देखिन्छ । राष्ट्रिय स्वाभिमान र अखण्डताका सवालमा हामी झन् झन् कमजोर बन्दै गइराखेका छौँ । आखिर किन ? सबैले भन्ने गरेको राष्ट्रिय राजनीत किन मागी खाने भाँडो मात्र भएको छ ? अव यी र यस्ता हर सवालको जवाफ खोज्ने बेला आएको छ ।विश्व मानचित्रमा हामीले आफूलाई एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा व्याख्या गरिरहँदा नेपालको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा  विदेशी राष्ट्रहरुको निर्लज्ज हस्तक्षेप तपाईँ र हामी सामु छर्लङ्गै छ ।

“राष्ट्रिय स्वाभिमान र अखण्डताका सवालमा हामी झन् झन् कमजोर बन्दै गइराखेका छौँ । आखिर किन ? सबैले भन्ने गरेको राष्ट्रिय राजनीत किन मागी खाने भाँडो मात्र भएको छ ? अब यी र यस्ता हर सवालको जवाफ खोज्ने बेला आएको छ ।”

राजनीतिक परिवर्तनका ठूला–ठूला कुरा गरिरहँदा नेपाल राजनैतिक स्थिरताको दृष्टिकोणमा अझै १६२ औ राष्ट्रको रुपमा देखा पर्नुले हामीले कल्पना गरेको राजनीतिक स्थिरता, समृद्धि र विकासलाई यसले ठाडै चुनौती दिएको छ । कुनै पनि राष्ट्रको समृद्धि र विकासका लागि त्यस देशको शासन व्यवस्था र राजनीतिक स्थिरताले महत्वपूर्ण भुमिका खेल्दछ । यस अर्थमा पनि नेपालको विकासका लागि राजनीतिक दलबीच सहमति र सहकार्यको राजनीतिलाई दीर्घकालीन रुपमा अगाडि बढाउँदै लैजानु नितान्त आजको आवश्यकता हो । कुनै पनि राष्ट्रको विकासका लागि स्थायी र दिगो सरकारको आवश्यकता पर्दछ तर दुर्भाग्य नेपालको राजनीति विशेष गरी प्रजातन्त्रको पुनर्वहालीपछि हामीले एउटा पनि दिगो र अधिकार सम्पन्न सरकारको महसुस गर्न पाएनौँ । नेपालका राजनीतिक दलहरु आप्mनो स्वार्थ पूर्तिका लागि सत्ता र सरकार परिवर्तनको फोहोेरी खेलमा लागिरहे, जसको प्रत्यक्ष प्रभाव सोझा साझा जनताको जनजीवनमा पर्न गयो । अब पनि हामी त्यही सरकार बनाउने र ढाल्ने फोहोरी खेलमा लागिरह्यौँ भने हामीले कहिल्यै पनि समृद्ध नेपालको परिकल्पना गर्न सक्दैनौँ । संविधान कार्यान्वयनको चरणमा भर्खर मात्र हामीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौँ । निर्वाचनको परिणामलाई मूल्याङ्कन गर्ने हो भने कुनै एक मात्र पार्टीले स्पष्ट बहुमत ल्याउनु असम्भवप्रायः नै देखिएको छ । त्यसो त नेपालको संविधानले व्यवस्था गरेबमोजिको समानुपातिक प्रणालीका कारण पनि कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने स्पष्ट आधार देखिँदैन । जब कुनै दलले स्पष्ट बहुमत प्राप्त गर्न सक्दैन, त्यस्तो अवस्थामा बन्ने सरकारले स्थायीत्व प्राप्त गर्न सक्दैन । जब सरकार स्थायी बन्न सक्दैन, उसले स्थायी रुपमा काम गर्ने अवसर प्राप्त गर्न सक्दैन ।

“संघ र प्रदेश सभाको चुनावमा हामीले कुनै एउटा पार्टीलार्ई स्पष्ट बहुमत दिएर जिताउन सक्यौँ भने मात्र कुनै पनि सरकारले कम्तिमा देश र जनताका लागि ढुक्क भएर काम गर्ने वातावरण सिर्जना हुन सक्छ ।”

बिडम्बना, नेपालको राजनीतिमा विचार र सिद्धान्तले भन्दा पनि व्यक्तिगत स्वार्थ र पदीय लोलुप्ताले बढी पश्रय पायो, जसका कारण आजपर्यन्त मुलुकले सच्चा राजनेता जन्माउन सकेको छैन । केही कार्यकर्ताहरु जम्मा ग¥यो, राजनीतिक पार्टी खोल्यो, भागबन्डा ग¥यो अनि राज्यको ढुकुटीको दोहन ग¥यो । यी र यस्ता हर्कतका कारण  हाम्रो कार्यपालिका, हाम्रो व्यवस्थापिका र न्यायपालिका अनावश्यक राजनैतिक हस्तक्षेपबाट मुक्त हुन सकेका छैनन् । हामी युवा भनेका सचेत वर्ग हांै, वैचारिक रुपमा हामी विभिन्न पार्टीमा आबद्ध छांै, हामीबीच विभिन्न खालका मतभेदहरु हुन सक्छन् तर राष्ट्र र राष्ट्रियताका सवालका सुशासन र सुव्यवस्थाका सवालमा जनताका हक अधिकारको संरक्षण र संबद्र्धन गर्ने सवालमा हामीले आप्mनो पार्टीभित्र होस् वा बाहिर सहीलाई सही र गलतलाई गलत भनेर विश्लेषण र निर्णय लिन सक्ने क्षमताको विकास गराउनुपर्दछ । हामी युवा वर्ग कुनै राजनीतिक दल विशेषका भाडाका सिपाही हैनौँ, जहाँ र जति बेला पनि गलत कुरामा हामीले सडकमा गएर टायर बाल्नैपर्छ, विध्वंश मच्चाउनै पर्दछ भन्ने छैन । हामीले आफू र आप्mनो पार्टीलार्ई सही मार्गमा डो¥याउँदै आफुभित्र एक रचनात्मक र सकरात्मक सोचको विकास गराउनु आवश्यक छ । अब हामीलाई कम्तिका पनि ५ वर्षसम्म काम गर्न सक्ने दिगो र स्थायी सरकार चाहिएको छ । यसका लागि एउटै राजनैतिक विचार र आस्था राख्ने होस् वा राजनैतिक यात्रामा दीर्घकालीन सहयात्री बन्न सक्ने जुनसुकै पार्टीबीच गरिएको गठबन्धन नेपाल र नेपाली जनताको हितका लागि हुन्छ भने स्वागतयोग्य कदमको रुपमा लिनुपर्दछ । विश्वकै इतिहासलार्ई हेर्ने हो भने जुन देशमा स्थायी र दिगो सरकार बनेका छन्, ती देशहरुमा विकासले गति लिन थालेको छ । यस अर्थमा पनि नेपालमा भएको कम्युनिष्ट पार्टीबीचको गठबन्धन र हुन लागिरहेको एकतालाई स्वागतयोग्य कदमको रुपमा लिनुपर्दछ तर यो गठबन्धन र एकता क्षणिक स्वार्थपूर्तिका लागि किमार्थ हुनुहँुदैन ।

यस गठबनधन वा एकता न त लोकतन्त्रका लागि खतरा हुन सक्छ, न त यसले अधिनायकवाद नै जन्माउन खोजेको छ । त्यस अर्थमा पनि यसलार्ई गलत तरिकाले व्याख्या गरिनु त्यति उपयुक्त हुँदैन । अब आउने संघ र प्रदेश सभाको चुनावमा हामीले कुनै एउटा पार्टीलार्ई स्पष्ट बहुमत दिएर जिताउन सक्यौँ भने मात्र कुनै पनि सरकारले कम्तिमा देश र जनताका लागि ढुक्क भएर काम गर्ने वातावरण सिर्जना हुन सक्छ  । एकता र गठबन्धनको अपरिहार्यता ः यो लेख तयार पारिरहँदा म एक पार्टीको कार्यकर्ताभन्दा पनि स्वतन्त्र नागरिकको रुपमा आफूलार्ई यहाँ प्रस्तुत गरिरहेको छु । म साम्यवाद, पूँजीवाद, समाजवाद यसको सान्दर्भिकता र आवश्यकताको बारेमा कुनै छलफल बहस गर्न चाहन्नँ । मात्र म के कुरामा जोड दिइरहेको छु भने अहिले देशमा च्याउ जस्तै उम्रिएका पार्टीहरुबीचको अस्थिर राजनीतिबाट मूलुकलाई जोगाउन र अग्रगामी विकास दिलाउन साँच्चिकै देशमा स्पष्ट विचार र सिद्धान्त बोकेका दुई धारसहितको  राजनैतिक गठबन्धनको आवश्यकता छ, । गठबन्धन के र कुन पार्टीबीच भयो त्यो महत्वपूर्ण हैन । महत्वपूर्ण त्यो हो, देशलार्ई राजनीतिक अस्थिरताका खाडलबाट मुक्त गराउन स्पष्ट बहुमतसहितको सरकारको नितान्त खाँचो छ । यस अर्थमा पनि बाम गठबन्धन आजको टड्कारो आवश्यकता हो ।

                                                      लेखक मादी गाउँपालिका माओवादी केन्द्रका सहसचिव हुनुहन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार