प्रहारन्युज डेक्स

कर्मचारीले दिए ओलीलाई यस्तो चेतावनी,तलब नबढाए देशव्यापी आन्दोलन गर्ने

कर्मचारीको तलब वृद्धि नगरे र स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले  देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।

बुधबार पत्रकार सम्मेलन गरी संगठनले यस्तो चेतावनी दिएको हो।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब बढाउनुपर्ने माग गरे। निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोन समितिलाई सक्रिय बनाई तलबबृद्धि गर्न समेत उनले माग गरे।

आधिकारिक ट्रेड युनियनको वैशाख २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो।

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग

त्यस्तै,  स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउन संगठनले माग गरेको छ। सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने ढकालले बताए। स्थानीय तहसम्म ट्रेड युनिनयको अधिकारलाई सुनिश्चित गर्न पनि संगठनको माग छ। स्थानीय तहमा ट्रेड युनियन राख्न नपाउने कानुन सच्याउन संगठनले माग गरेको छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology