प्रहारन्युज डेक्स

बजेट अधिबेशनका रुपमा मानिने प्रदेश चार को बर्षे अधिबेसन जेठ १६मा 

पोखरा-  बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश चार को बर्षे अधिबेसन जेठ १६  गतेका लागि डाक्न प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष सिफारीस गरेको छ ।

बजेट अधिबेशनका रुपमा मानिने सो अबिधेसन छिट्टै गर्नु पर्ने भएपछि मन्त्रिपरिषदले सो गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले बैठकले २० अर्वको सिलिङ तोकेर बजेट निर्माणलाई अगाडी बढाएको  जानकारी दिए ।उनले सरकारले सशर्त अनुदान र विशेष अनुदान बाहेक सरकाले २० अर्वको बजेट तयार पार्ने  बताए ।

सरकारले प्रदेश खोप ऐन २०७५’ विधेयक बनाउने सैद्धान्तिक सहमति दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल संयोजक रहेको प्राकृतिक स्रोत साधनको दोहन रोक्न गठित समितिले प्रतिवेदन पनि मन्त्रिपरिषद बैठकमा पेश गरेको छ । सो प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यबिधी बनाई काम गर्न सोहि समितीलाई जिम्मेवारी दिएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology