प्रहारन्युज डेक्स

मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी,नियन्त्रण बाहिर

विराटनगर –  मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । गएराति ११ बजेदेखि  बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

मोरङका प्रहरी प्रमुख मनोज केसीले आगलागी निभाउने प्रयास जारी रहेको जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology