प्रहारन्युज डेक्स

अब, घर बनाउन नसक्नेलाई सरकारले नै बनाइदिने

काठमाडौं । मुलुकभर कतै पनि घर नभएका र बनाउन सक्ने अवस्था नभएका परिवारलाई सरकारले घर बनाइदिने भएको छ ।

सहरी विकास मन्त्रालयले नागरिकलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्थासहितको आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।

उक्त विधेयकमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको समन्वयमा आवास सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

जसअनुसार स्थानीय सरकारले घर नभएका र बनाउन सक्ने अवस्था नभएका परिवारको लागत संकलन गर्नेछ । त्यसको आधारमा प्रदेश तथा केन्द्रीय सरकारले सुविधा उपलब्ध गराउने विधेयकमा उल्लेख गरिएको छ ।

सरकारबाट यसरी आवास सुविधा पाउन परिवारको कुनै पनि सदस्यको नाममा जग्गा वा घर मात्रै नभएर आयआर्जन वा आर्यआर्जनको आधार समेत नभएको हुनुपर्नेछ ।

सरकारले उपलब्ध गराएको आवास बिक्री गर्न, भाडामा दिन र बन्धकी राख्न पाइने छैन । to हिमालखबर

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology