प्रहारन्युज डेक्स

आश्रित परिवारलाई २२ लाख क्षतिपूर्ति

रसुवा – पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ ।रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ती दिइने भएको हो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ बाहिर पहिरो खस्दा गत भदौ ३० गते दुवै जनाको मृत्यु भएको हो ।रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैह्रेकाअनुसार उनहरुको परिवारलाई जनही रु ११ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरिएको हो । मृतकका परिवारलाई दशैँ खर्चसहित दुई महिनाको पारीश्रमिकसमेत उपलब्ध गराइनेछ । चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजनाबीच उक्त सहमति भएको हो । उनीहरुको शव रसुवा अस्पतालमा परीक्षण गरेलगत्तै दाहसंस्कारका लागि आजै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology