प्रहारन्युज डेक्स

आज (बिहिबार) कति छ सुनको मुल्य ?

काठमाडौँ – बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्यमा ६ सय रुपैयाले वृद्धि भएर हालसम्म कै उच्च मूल्यमा पुगेको थियो ।

वृद्धिसंगै बुधबार छापावाल सुनको मूल्य बुधबार प्रति तोला ६३ हजार ३ सय पुगेको थियो । आज बिहिबार भने सुनको मूल्य तोलामा २ सय रुपैयाले घटेको छ । नेपाल सुनचांदी ब्यबसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ६३ हजार १ सय मा कारोबार हुने छ । आइतबार तोलामा ४ सयले बढेको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाले बढेर १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो ।बिहिबार तेजाबी सुनको मूल्य भने तोलाको ६२ हजार ८ सय रुपैया तोकिएको छ ।तर बिहिबार चाँदीको मुल्यमा भने कुनै परिवर्तन आएको छैन । चांदी आइतबार प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार र मंगलबार भने प्रतितोला ७८० रुपैयाँमा कारोबार भएको थियो ।बुधबार र आज बिहिबार चाँदीको तोलामा ७८५ रुपैया रहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology