दमौली पावर हाउसमा आगलागी, ठुलो क्षति हुनबाट जोगियो

                                   

तनहुँ – तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका वडा नम्बर ४ स्थित पावर हाउसमा इन्सुलेटर सट भइ तनहुँसुर फिडरको ओभरहेड जल्दा दमौली पावर हाउसमा केहि बेर आगलागी भएको थियो । अकस्मात भएको आगलागीले पावरहाउसका सुरक्षागार्र्ड र भित्र रहेका स्टाफको भागाभाग भएको थियो ।

तत्काल जिल्लाको तनहुँसुर क्षेत्रको मुख्य लाइनको फलामको भागसमेत जलेर खस्दा आगो धेरै फैलन पाएन । आगो तत्काल नियन्त्रणमा आएको हुँदा थप क्षति हुन पाएन। सोहि कारणले दमौलिमा केहिबेर लाइन अवरुद्ध भएको थियो । सो घटनाले तनहुँसुर क्षेत्रको लाइन सोमबार रातभर नआउने विद्युत प्राधिकरणले दमौली शाखाले जनाएको छ ।

प्रकाशित मिति - सोमवार, पुस २४, २०७४