रेन्वो हेण्डिक्राफ्टले दिन्छ् : निःशुल्क तालिम, रोजगारीको ग्यारेण्टी

प्रकाश अधिकारी, पोखरा,१८ भाद्र । पोखराको रेन्वो हेण्डिक्राफ्टले निम्न आय भएका, ज्याला मजदुरी गरि खाने महिलाहरुलाई निःशुल्क सिप सिकाएर आत्मनिर्भर बनाउने गरेको छ । पोखरा ६, डिहिँकोपाटनमा रहेको रेन्वो हेण्डिक्राफ्ट उद्योगले सिप सिकेर केही गर्छु भन्ने महिलाहरुका लगाी निःशुल्क तालिमसंगै रोजगारीको ग्यारेण्टी समेत गरेको छ । विभिन्न सरोकारवाला निकायसंगको सहकार्य र उद्योग आफँैले नियमित विभिन्न किसिमका सिपमुलक तालिम दिदैआएको रेन्वो हेण्डिक्राफ्ट उद्योगका म्यानेजिङ्ग डाईरेक्टर तथा सामाजिक...

दशैंलाई २५ सय खसीबोका : यस्तो छ प्रारम्भिक योजना

सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दशैंलाई  दुई हजार पाँच सय खसीबोका र च्याङग्रा राजधानी ल्याउने भएको छ । डेढ महिनापछिको दशैंमा उपत्यकाम हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्याङग्रा ल्याउन लागेको खबर आजको नागरिकमा छ । उक्त खसीबोका तथा च्याङग्रा मुस्ताङ, मकवानपुर र दाङबाट ल्याउने प्रारम्भिक योजना रहेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । ...

ओली सरकारले चिन संग गरेका सम्झौता यसरी हुदै छन कार्यन्वयन, हेरौँ के के भएका थिए सम्झौता

काठमाडौं – भारतसँग मात्रै विद्युत ब्यापार र क्रासबोर्डर ट्रान्समिसन लाइन भएको नेपाल अव चीनसँग पनि चारवटा नाकामार्फत विद्युत ब्यापार हुने भएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको १० बुँदे सम्झौता मध्येको एक नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने उल्लेख थियो । नेपालको ऊर्जा उत्पादन र विक्रीमा भारतीय एकाधिकारको वकालत गर्दै आएका पक्षहरुले भने नेपाल–चीनबीचको पारवहन र सडक, रेल र ऊर्जा...

यस कारण रद्द भए शुक्रबारका २० उडान

रसुवा ( ऋषितर्पणी वा रक्षाबन्धनमा गोसाइँकुण्डमा जाने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण शुक्रबार त्यहाँ उडान भर्न सकेनन । एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्ससमेत कम्पनीका करिब २० उडान रद्द भएको डाइनेस्टीका उडान प्रबन्धक बालकृष्ण पण्डितले बताए । प्रतिउडान पाँच जनाको दरले उडान भर्ने कार्यतालिका रहे पनि विमानस्थलमा पुगेका यात्रूहरु प्रतिकूल मौसमले गर्दा यात्रा रद्द गरी घर फर्कनुपरेको थियो । कतिपय यात्रुले फ्लाइट बुकिङ यथावत् राखी...

यस्तो लेखे पोखराको बारेमा भारतीय पत्रकारले

अव्यवस्थित सडकका कारण पर्यटकीय नगरी पोखरा पुग्न विदेशी पर्यटकले विभिन्न किसिमका समस्या झेल्नु परेको भारतीय पत्रकारले बताएका छन् । प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहिरीसहित पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा बुधबार आयोजित अन्तरक्रियामा अव्यवस्थित सडकका कारण पर्यटकमा नकारात्मक प्रभाव पर्नसक्ने हुँदा त्यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक भएको बताउनुभयो । नेपालको दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत अन्य देशका...

सोमबार १२ खर्बभन्दा बढीको बजेट आउँदै

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न चार बजे प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदन समक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले रु ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो । नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा,...

फणीन्द्रप्रसाद सुवेदीले भन्छन, पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ

जेठ ÷ मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाउनुभयो । त्यसपछि उहाँले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गर्नुभयो । सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहनुभएका सुवेदीको...

काठमाडौं–निजगढ फास्ट ट्र्याक प्रधानमन्त्री प्रचण्ड द्धरा औपचारिक शिलान्यास

काठमाडौं ÷ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् । बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् ।   फास्ट ट्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए । ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।  यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । सेनाले फास्ट...

साताको सेयर बजार : दुर्ई अर्ब ६९ करोडको कारोबार

काठमाडौँ, १३ जेठ । धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ । गत साता १५५ कम्पनीको रु दुई अर्ब ५८ करोड १७...

आर्थिक समृद्धिका लागि पर्यटन विकासमा जोड ः महासचिव पोखरेल

काठमाडौँ, १० जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशको आर्थिक समृद्धिका लागि पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘तराई–मधेसमा पर्यटन विकास र प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले पर्यटनको विकास गर्न सके देशको मुहार नै फेर्न सकिने धारणा राख्नुभयो । “जनकपुर, गढीमाई, सिम्रौनजस्ता तराईमा पर्यटकीय सम्भावना भएका क्षेत्र छन्”– उहाँले भन्नुभयो– “ती क्षेत्रको विकास गर्नमा ध्यान...