मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

डडेल्धुरा, १४ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् । मतपत्र झन्झटिलो भएकाले मतदाता शिक्षा लिनेमा बढीजसो वृद्धवृद्धा नै देखिएका छन् । युवायुवतीहरू विभिन्न सञ्चारमाध्यमबाट पनि मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी लिन सक्ने भएकाले पनि वृद्धवृद्धा प्रत्यक्ष रूपमा...

जानकी आधारभूत विद्यालयमा छात्रवृत्ति

पोखरा, १३ जेठ । पोखरा लेखनाथ महानगरपालिका–१७ महतगौंडामा सञ्चालित जानकी आधारभूत विद्यालयमा रु ४४ हजार ४०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारले सामुदायिक विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरेको शैक्षिक सत्र २०७३ छात्रवृत्तिबाट विद्यालयमा अध्ययनरत एक सय ११ छात्रछात्राले जनही रु चार सयका दरले छात्रवृत्ति प्राप्त गरेका हुन् । छात्रवृत्ति प्राप्त गर्नेमा दलित छात्र ३७ र छात्रा ४१, जनजाति ३३ र बाँकी...

म्याग्दीका १०१ विद्यालयमा विद्यालय पुस्तकालय

बेनी (म्याग्दी), १२ जेठ । म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन्। रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीमा पढ्ने बानीको विकास भएको स्थानीयवासीले बताएका छन् । बिहीवार बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित फापरखेतको खड्ग भवानी आधारभूत विद्यालय र बेनपा–१ अर्जमको ज्ञानपुञ्ज आधारभूत विद्यालयमा पनि विद्यालय पुस्तकालय स्थापना गरिएपछि म्याग्दीका १०१ वटा विद्यालयमा पुस्तकालयको पहुँच...

मेची अञ्चल अस्पतालमा सघन उपचार कक्ष सुरु

काँकडभिट्टा, ११ जेठ । मेची अञ्चल अस्पताल भद्रपुर झापामा आजदेखि सघन उपचार कक्ष सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा चार श्यया र दुई भेन्टिलेटर रहेको सघन उपचार कक्ष सुरु भएको हो । रु ८० लाखको लागतमा सञ्चालनमा आएको सेवामा डा जोसनलाल वज्राचार्यको नेतृत्वमा दैनिक सात स्टाफ नर्सले सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक समितिका अध्यक्ष राम कट्टेलले बताउनुभयो । सघन उपचार कक्षको उद्घाटन प्रअिज उत्तरकुमार...

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा पन्त नियुक्त

  काठमाडौँ – स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा राजेन्द्र पन्त नियुक्त भएका छन् । बालस्वास्थ्य महाशाखाका निर्देशक डा पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी बिहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । नवनियुक्त महानिर्देशक पन्तले आज डा पन्तले नियुक्ति पत्र बुझ्नुभएको छ । विभागका महानिर्देशक डा पुष्पा चौधरीलाई प्रसूतिगृहमै काज फिर्ता गरिएको सल्लाहकार पौडेलले बताए । यसैगरी, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान...