बैदेशिक रोजगारीमा जाने यूवालाई आयो यस्तो खुसीको खबर

राजविराज, साउन १८ श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । सप्तरीको सदरमुकाम राजविराजस्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको मंगलबार गतिविधि तथा ठगीमा परेकासँग जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागतरुपमा ठगी भइरहेकाले यस विषयमा आफूले साउन महिनाभित्र नयाँ कदम चाल्ने समेत उहाँले प्रतिबद्धता व्यक्त...

वैदेशिक रोजगार ऐन परिमार्जन प्रस्ताव बुझाइयो

काठमाडौँ, १८ जेठ । वैदेशिक रोजगार ऐन २०६४मा परिमार्जनका लागि नागरिक समाज अभियानसँगको सहकार्यमा मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले तयार पारेको प्रतिवेदन श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई आज बुझाइएको छ । मन्त्रालयमा आज एक कार्यक्रमकाबीच जनमञ्चका सल्लाहकार तथा कार्यसमिति सदस्य सोम लुईंटेलले प्रतिवेदन बुझाउँदै एक वर्षको अध्ययन र अनुसन्धानका आधारमा प्रस्ताव तयार पारिएको बताउनुभयो । परिमार्जनका विषय, त्यसको औचित्य पुष्टि गर्ने अन्तर्राष्ट्रिय कानुन र दक्षिण एसियाली...

विदेशी जेलमा ३१८ नेपाली : १७ जनालाई मृत्युदण्ड, ४३ जनालाई जन्मकैद

काठमाडौं –  विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो ।  आजको गोरखापत्रमा खबर छ । सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो...

विदेशी कारागारमा रहेका नेपालीको तथ्यांक संकलन अन्तिम चरणमा

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशी कारागारमा रहेका नागरिकहरूको तथ्यांक संकलनको काम अन्तिम चरणमा पु¥याएको छ । रोजगारी तथा अन्य प्रयोजनका लागि विभिन्न देश पुगेका नेपाली नागरिकहरू विभिन्न अभियोगमा विदेशी भूमिको जेलमा जेल सजाय भोग्न बाध्य भएको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले तंथ्यांक संकलन गरिरहेको छ र उक्त काम अन्तिम चरणमा पुगेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आङ्खनो कार्यकालको सुरुवातदेखि नै वैदेशिक रोजगारीको विषयमा निकै चासो...

आममाफीबाट एक महिनामा ३५ सय नेपालीले लाभ लिए

काठमाडौं– साउदीअरब सरकारले लागू गरेको आममाफीको व्यवस्थामा हालसम्म करिब ३ हजार ५ सय जना नेपाली कामदारहरूले लाभ लिएका छन् । साउदीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्द शर्माले आममाफी घोषणा भएको एक महिनाको अवधिमा करिब ३ हजार ५ सय अवैधानिक नेपाली कामदारहरूले आममाफीको प्रक्रियामा सहभागी भई बर्हिगमन प्रवेशाज्ञा लिइसकको र हालसम्म करिब १ हजार ८ सय जना नेपाली स्वदेश फर्किसकेको प्रभावलाई जानकारी दिएका छन् ।...

वैदेशिक रोजगारीमा जाने कामदारको करार अवधिको आधारमा कल्याणकारी कोषको रकम निर्धारण

वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार प्रबद्र्धन वोर्डको कामदार कल्याणकारी कोषको खातामा जम्मा गर्नुपर्ने रकमलाई करार अवधिको आधारमा जम्मा गर्ने व्यवस्था लागू हुने भएको छ । हालसम्म वैदेशिक रोजगारीमा जति अवधिको लागि र जुनसुकै मुलुकमा जाने कामदारहरूले पनि १ हजार रूपैयाँ नै तिर्नुपर्ने व्यवस्था भएकोमा अब भने करार अवधिको आधारमा कामदारले कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था लागू हुने भएको हो । वैदेशिक रोजगार नियमावली...

दिल्ली हुँदै ओमानतर्फ युवती तस्करी,सात लाख सम्म बेच्ने गरेको खुलासा

युवतीहरूलाई आकर्षक वैदेशिक रोजगारीको सपना देखाएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बसपार्कबाट दुई युवतीको उद्धार गरी तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक सिपापोखरी–४ का ३८ वर्षीय सरोज भन्ने तोकबहादुर तामाङ, काठमाडौं महानगरपालिका–३१ बागबजार बस्ने झापा जुरोपानी–५ का ४८ वर्षीय मेदनीप्रसाद प्रसार्इं र काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक मार्मिङ गाविस–५ का...

वैदेशिक रोजगार समस्याको पहिचान भयो तर समाधान खोजिएन

वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको, कामदारलाई दोहोरो करारपत्रमा हस्ताक्षर गराउने, अवैध रुपमा खाडीमा घरेलु कामदार पठाउने, विभिन्न नाममा मलेसिया जानेप्रति कामदारबाट अवैध रुपमा १७ हजारभन्दा बढी रकम असुली राखिएको जस्ता विषयको स्पष्ट रुपमा पहिचान भए पनि तिनीहरुमाथि सरकारले कारबाही गर्न सकेन । समस्याको पहिचान भइसकेपछि त्यसको निदानमा...

विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा

काठमाडौँ – हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु¥याउने भएको छ । “विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पु¥याइन्छ,” हुलाक विभागद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भने – “हुलाकीमार्फत घरघरमा पैसा पु¥याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ ।” आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा...

वैदेशिक रोजगारीका क्रममा २ सय बढी जेलमा, ३३ लाई मृत्युदण्ड हुनसक्ने

काठमाडौं– वैदेशिक रोजगारीको माध्यमबाट परिवारको सुनौलो भविष्य निर्माण गर्ने सपना वोकी वैदेशिक रोजगारीमा होमिएका २ सय ३१ जना नेपाली नागरिकहरू हाल गन्तव्य मुलुकहरूमा जेल जिवन भोग्न बाध्य भएका छन् । जसमध्ये ३३ जना नेपाली नागरिकलाई मृत्युदण्ड हुनसक्ने तथ्यांक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देखाएको छ ।   त्यस्तै ३३ जना नेपाली नागरिकहरूलाई जन्मकैद हुन सक्ने समेत देखिएको छ । नेपाली कामदारहरूको मुख्य गन्तव्य मानिएको खाडी मुलुकहरू कुवेत,...