वाम गठबन्धनभित्र भोटको शंका

पहिलो चरणअन्तर्गत सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शंका उपशंका उब्जिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिवद्धता नेताहरुले व्यक्त गरे पनि निर्वाचनसम्मका लागि मात्र हो कि भन्ने कार्यकर्ताहरुको आशंका हटेको छैन । दुवै दलले निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गर्दै आएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । तर पार्टीभित्रै हतारमा पार्टी एकता गर्न...

जनताको गुन तिरेरै छाड्छु : दीपक कोइराला

    रविन्द्र अधिकारी वि.स. २०३५ साल भाद्र १ गते गोर्खा जिल्लाको भिमसेन गाउँपालिकामा पिता नन्दलाल कोइराला र माता जुनी कोइरालाको कोखबाट जन्मिनु भएका सभ्य, शिष्ट र शालिन व्यत्तित्वका धनि कास्की जिल्ला प्रदेश सभा १ (क) का वाम गठबन्धनका प्रभावशाली युवा उम्मेदवारको नाम हो दीपक कोइराला । अध्ययनको क्रममा भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थी जीवनदेखि नै राजनीति मा लाग्नुभएका कोइरालाको औपचारिक राजनैतिक यात्रा २०४८ सालमा अखिलको साधारण...

प्रदीप ज्ञवालीको प्रश्न के गर्दै हुनुहुन्छ प्रधानमन्त्री/गृहमन्त्री ज्यु ?

गुल्मी – प्रमुख विपक्षी दल नेकपा ९एमाले० सचिव प्रदीप ज्ञवालीले सरकारले उम्मेदवारको सुरक्षामा उदासिनता देखाएको आरोप लगाएका छन् । क्षेत्र नं। १ को प्रतिनिधिसभा उम्मेदवार समेत रहेका ज्ञवालीले रेसुंगा नगरपालिका(१० सिमिचौरको चुनावी सभालाई सम्बोधन गर्दै देशभर चुनाव लक्षित हिंसात्मक गतिविधि बढिरहँदा समेत सरकार नबोलेको र चुनावी सुरक्षामा ध्यान नदिएको टिप्पणी गरेका हुन् । उनले केही दिनदेखि भइरहेका उम्मेदवार लक्षित श्रृङ्खलाबद्ध विस्फोटका घटनाको निन्दा गर्दै सरकारको...

कांग्रेसमा युवा नेताहरुले टिकट पाएनन्

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेताहरुले प्रतिनिधि सभा र प्रदेश सभाको लागि टिकट नपाउने भएपछि पार्टीमा बबण्डर मच्चिएको छ । समग्रमा हेर्ने हो भने १८ देखि ४० वर्षसम्म उमेरका युवाहरुको संख्या करिब ६० प्रतिशत छ । यस्तो अवस्थामा युवा नेताहरुको ठूलो जमातलाई टिकट नदिनु गम्भिर त्रुटीको रुपमा औंल्याउँदै जिल्ला–जिल्लाबाट युवा नेता समर्थित कार्यकर्ताहरुको भेट यतिबेला राजधानी केन्द्रीत भएको छ । पार्टीका युवा नेताहरुले टिकट नपाउँदा समग्र...

कास्को फोनको घण्टीले बदलीयो माओवादिको सरकार छाडने निर्णय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेर्नमा कहलिएका छन । केही घन्टाकै अवधिमा मंगलबार उनको वचन फेरिएपछि पुनः राजनीति तरंगित बनेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई दिउँसोसम्म सरकार सञ्चालनमा सजिलो बनाइदिन मन्त्रीहरू फिर्ता बोलाउने वचन दिएका उनले दिउँसो २ बजे फोन गरेर भने, ‘अहिलेलाई यस्तै भयो, हामी अहिले सरकार छाड्न नसक्ने भयौं ।’ वाम गठबन्धन गर्दै...

‘एमाले, माओवादी र नयाँ शक्ति एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने, निर्वाचनपछि पार्टी एकता’

काठमाडौं | एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने भएका छन् । निर्वाचनपछि पार्टी नै एकता नै गर्ने घोषणा पनि उनीहरूले गरेका छन् । उम्मेदवार छनोट प्रक्रिया चलिरहेका वेला मंगलबार तीन दलले ६ बुँदे सहमति सार्वजनिक गरेका हुन् । आगामी निर्वाचनमा तालमेल गरे पनि एमाले र माओवादीले आ–आफ्नै चुनाव चिह्नसहित उम्मेदवारी दिने शुरोजंग पाण्डेले आजको  नयाँ पत्रिकामा लेखेका छन् ।...

सिइओ पोखरेलको प्रतिबद्धता घोषणामै सीमित, सात लाख भूकम्प पीडितको दसैं टहरामै

काठमाडौं- २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भिœयाउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् । प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ...

मादी गाउँपालिकामा वाइसिएलको पुनर्गठन

पोखरा, असोज ५ गते । कास्कीको मादी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम सम्मेलनले सन्तोष अधिकारीको संयोजकत्वमा ४७ सदस्यीय गाउँपालिका कमिटि पुनर्गठन गरेको छ । नेपाल सरकारका पूर्वमन्त्री तथा पोलिटव्यूरो सदस्य देव गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवगठित समितिका सदस्यहरूलाई वाइसिएल जिल्ला इन्चार्ज रामबहादुर थापा र पोलेमनपाका उपाध्यक्ष लक्ष्मण अधिकारीले कमिटीको विधिविधान र भावी कार्यदिशा बारे प्रस्ट पार्नुभएको थियो । मादी...

सांसदलाई मर्यादाक्रम, पूर्वपदाधिकारीलाई सुविधै सुविधा: कसलाई कति खर्च ?

कार्यकाल सकिनै लागेको संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको छ।  संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीरमन्त्रिपरिषदा अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्षरपूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्ष) लाई विलासी सुविधा उपलब्ध गराउने विधेयकमा आइतबार सहमति जुटाएको आजको  कान्तिपुरमा खबर छ l  पूर्व पदाधिकारीको परिभाषामा पूर्व सांसदलाई समेत समेट्ने गरी विधेयकमा...

माफियाहरुलाई तह लगाउने अखिल क्रान्तिकारीको चेतावनी, क्रान्तिकारी विहीन शैक्षिक सस्था हुदैनन् – सापकोटा

प्रकाश अधिकारी, पोखरा , २२ भाद्र l अखिल क्रान्तिकारीका सचिव क्षितिज सापकोटाले प्रदेश नं ४ का कुनैपनि शैक्षिक संस्था अखिल क्रान्तिकारी विहीन नहुने बताएका छन् । उनले अवको दुई वर्षमा आफ्नो संगठन एक नम्वरको हुने बताए । एकताको २१ औँ राष्ट्रिय सम्मेलनबाट नर्वाचित प्रदेश नं ४ का सचिव सापकोटाले बन विज्ञान अध्यान संस्थान, क्यापस कमिटी, पोखराले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा यस्तो बताएका हुन् ।...