विमान दुर्घटना २३ बर्षिय डाक्टर छोरी गुमाउँदाको पिडा

डाक्टर छोरीको पर्खाईमा थिए–नूरबहादुर लोहनी । ५ वर्षको अध्ययन सकेर छोरी नेपालमा आएपछि लोहनी परिवारमा दोस्रो डाक्टरको रुपमा गनिदै थिइन् उनी । अर्थात् विमान दुर्घटनामा ज्यान गुमाउने ४९ मध्ये एक पूर्णिमा लोहनी ।

तर, यो परिवारको पखाई र खुशी क्षणभरमै टुट्यो । लामो समयपछि अध्ययन सकेर आएकी छोरीलाई अब आफ्नै ठाउँमा सेवा गर्न लगाउने सोच थियो बाबु नुरु बहादुरको ।

बाबा नुरु बहादुरका अनुसार डाक्टर बन्ने स्वास्थ्य सेवा गर्ने उनको सानै देखिको इच्छा हो । ‘पढाईमा पनि राम्रो नम्बर ल्याएकै कारण हामीले थप अध्ययनको लागि बङ्लादेश पठाएका थियौ । वि.स २०६९ सालमा हामीले छोरीलाई अध्ययनको लागि बङ्लादेश पठाएका हाै‌ बाबु नुरबहादुर भन्छन् ।

लमजुङको बेसिशहर नगरपालिका वडा नम्बर १ घर भएका नूर बहादुरका अनुसार छोरीको एम.वि.वि.एस अध्ययनका लागि ५५ लाख खर्च भएको थियो ।

उमेरले २३ वर्ष मात्रै पुगेकी छोरी पुर्णिमा गुमाउँदा लोहनी परिवार विक्षिप्त पीडामा परेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology