राष्ट्रपतिको निर्वाचन सकियो, मतगणना शूरु

काठमाडौँ – बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म भएको राष्ट्रपतिको निर्वाचनको मतदान पछि मतगणना शूरु भएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतगणना शुरु भएको हो ।

मतदानका क्रममा राष्ट्रियसभा र प्रतिनिधीसभाका ३ सय ३१ र प्रदेशसभाका ५ सय ३६ सदस्यले मतदान गरेका छन् ।

नयाँ शक्तिका संयोजक एवं सांसद डा। बाबुराम भट्टराई, नेमकिपा सांसद प्रेम सुवाल, राष्ट्रियसभा सदस्य रमेश यादव र जितेन्द्र देव मतदान प्रक्रियामा सहभागी भएनन् ।

आजै मतगणना सकेर सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology