काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज बिदाइ भेट गर्नुभयो ।

राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

त्यस अवसरमा राष्ट्रपति कार्यालय र यहाँस्थित साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति - आइतवार, बैशाख २, २०७५