प्रहारन्युज डेक्स

२२ पटक सगरमाथाको सफल आरोहण गरी कामी रिताले बनाए विश्व कीर्तिमान

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

आरोहणको चांैथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् ।
–––

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology