प्रहारन्युज डेक्स

६ वर्षीया बहिनिलाई करणी गरेको आरोपमा दाई प्रकाउ

सल्यान । सल्यानमा ६ वर्षीया बहिनि नाता पर्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिद्द कुमाख गाँउपालिका निवासी १७ वर्षीय एक किशोर लाई जेठ १ गते गिरफतार गरेको छ ।

बैशाख ३० गते बेलुका ४ बजे खेल्न जाम भन्दै घर नजिकैको एक जंगलमा लगी बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

बालिका को बुवाको केही वर्ष अघि स्वर्गारोहण भएको र आमा घरायशी कामले गाँउ गएको मौका छोपी आप्म्नै ठुला बुवाकी छोरी बहिनि नाता पर्ने बालिकालाई बलात्कार गरेको भन्दै पिडितका अाफन्तहरूले जिल्ला प्रहरी कार्यालय सल्यानमा जेठ १ गते हाडनाताकरणी सम्बन्धी मुद्दा दर्ता गरे ।

पिडित बालिकाको स्वास्थय परिक्षण बैशाख ३१ गते जिल्ला अस्पताल सल्यानमा गरियो । आरोपित किशोर स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन भने पीडित बालिका कक्षा २ मा अध्ययनरत रहेको परिवारले जनाएको छ । आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भरत बहादुर विकले जनाए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology