प्रहार न्युज

दुई-दुईपटक प्रधानमन्त्री र राष्ट्रपति बनेका ओली र विद्यादेवी किन खोज्दैनन् मदन भण्डारीको हत्यारा ?

काठमाडौँ । आज नेपालका दुई ठूला कम्युनिस्ट पार्टी ९नेकपा एमाले र नेकपा माओवादी केन्द्र०बीच एकीकरण हुँदै छ । लामो समयदेखि एकीकरण प्रक्रियामा रहे पनि भागबण्डामा कुरो मिलेको थिएन । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच वान टु-वान भएको वर्ताले एकतामा सहमति जुटाएको हो ।

आज जेठ ३ गते अर्थात् मदन भण्डारीको २५ औँ स्मृति दिवस पनि हो । यही अवसरमा आज एमाले(माओवादीबीच एकता हुँदै छ । यसरी भण्डरीकै स्मृति दिवसमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भइरहँदा मदन भण्डारीलाई नसम्झने को होला र रु अहिलेकी राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री विद्यादेवी भण्डारी छिन् । विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति भएकी हुन् । उनी २०७२ कार्तिक ११ गते पहिलोपटक राष्ट्रति बनेकी थिइन् ।

प्रधानमन्त्री पनि अहिले एमालेकै अध्यक्ष केपी शर्मा ओली छन् । ओली पनि दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा आसिन छन् ।गत मङ्सिर १० र २१को चुनावपछि दोस्रोपटक ओली प्रधानमन्त्री बनेका हुन् । अहिले प्रधानमन्त्री र राष्ट्रपति दुवै एमालेकै हुन् र, दुवै दोस्रो कार्यकाल पदबहालीमा रहेका छन् । ओली यसअघि ०७२ साल असोजमा पहिलोपल्ट माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

यतिखेर मुलुकको सबैभन्दा शक्तिशाली व्यक्तिको हैसियतमा उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली छन्। मदनकै जीवनसंगीनी विद्यादेवी र उनकै राजनीतिक सहकर्मी केपी शर्मा ओली सत्ताको केन्द्रमा हुँदा पनि मदन भण्डारीको हत्यारालाई किन खोज्दैनन् रु यो प्रश्न फेरि एकपटक जीवन्त भएर उठेको छ ।

के एमालेजनले बिर्सेकै हुन् त भण्डारीलार्इ ?

ओलीले कुनै बेला भनेका थिए ‘म सरकारमा गएँ भने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु ।’

तर आज ओली दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा छन्, यति मात्रै होइन उन मुलुककै हालसम्मकै ‘शक्तिशाली’ प्रधानमन्त्री भएका छन् । तर किन भण्डारीको हत्यारा पत्ता लगाउने दिशामा उनी केही गर्दैनन् रु ओली मात्र होइन, भण्डारीकै जीवनसङ्गीनी विद्यादेवीले पनि राष्ट्रपतिजस्तो उच्च ओहोदामा छिन् । चाहे भने यी दुवैले अनुसन्धान गराएेर सत्यतथ्य पत्ता लगाउन सक्छन् । तर, किन खोजी गर्दैनन् मदन भण्डारीको हत्यारा रु के एमाले र विद्यादेवीले मदन भण्डारीलाई भुलेकै हुन त रु आम जनताको मनमा यो प्रश्न बल्झिरहनेछ ।

राष्ट्रपति विद्यादेविलाई मदनका हत्यारा पत्ता लगाएर कारबाही गराउन उनको मनले नखोजेको त पक्कै होइन होला ।
किन की मदनको हत्याले सबै भन्दा बढी असर राष्ट्रपति विद्यादेवीलाई परेको थियो। तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन रु यो जनताले बारम्बार उठाई राख्ने प्रश्न हो ।

अदभुत जननेता

मदन भण्डारी नेपाली राजनीतिका एक अदभुत जननेता हुन्। जनताले उनको गुनगान गाउन अझै छाडेका छैनन् । नेपालको यो स्थिति देख्दा बुढापाखाले नि भन्ने गरेका छन्( ‘मदन भण्डारी भए यो देश अहिले कहाँ पुगिसक्थ्यो । यी अहिलेका नेताहरू एक(अर्कालाई आरोप लगाउँदैमा समय बर्बाद पार्छन् । चुनावको बेला देशलाई भोलि नै पूरै परिवर्तन गराउने जस्तै गरेर भोट माग्छन् र जितिसकेपछि गाउँमा त मुख पनि देखाउँदैनन् ।’ गाँउतिर गएको बेला यस्तो असन्तुष्टिहरु धेरै पोखेको भेटाउछौं ।

मदन भण्डारी पार्टीगत रूपमा एमालेका महासचिव भए पनि उनी मुलुककै आशालाग्दा नेताका रूपमा उदाएका थिए। प्रखर वक्ता मदन भण्डारीको प्रशंसा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोइराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सबैले पुज्ने नेताहरू हुन अहिले पनि।

रहस्यमै हत्याकाण्ड

लोकप्रिय र अदभुत क्षमताका ‘जननेता’ भण्डारीको हत्या अझै रहस्यमय नै छ । उनको हत्या भएको आज २५ वर्ष पूरा भइसक्यो। तर पनि अझै हत्यारा भने पत्ता लगाउन सकेका छैनन् । उनको वि।सं। २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा भएको थियो । उनी चढेको जिप त्रिशूलीमा खसेको थियो, जहाँ उनी बाँचेनन् तर उनका ड्राइभर बाँच्न सफल भए । त्यो दुर्घटनालाई सबैले ‘दुर्घटना’ होइन, रहस्यमय वा नियोजित ‘हत्या’ भन्दै आएका छन् । तर कसले र किन गर्‍यो उनको हत्या रु यो चाहिँ आजसम्म रहस्यमय नै रहेको छ ।

दासढुंगा दुर्घटनामा मदनसँगै एमालेका सङ्गठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। उक्त दुर्घटनामा जिपका चालक अमर लामा मात्र बाँचेका थिए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ड्राइभरको समेत हत्या भएपछि यो काण्ड झन् रहस्यमय बन्दै गएको छ । ती तीनैजनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन।

मदनकै मार्गनिर्देशक सिद्धान्तमा एमाले

०४६ को आन्दोलनपछि वामपन्थी आन्दोलनलाई लोकतान्त्रिक बनाउने कार्यमा मदन भण्डारीले महत्त्वपूर्ण र ऐतिहासिक नेतृत्व गरेको छ। कतिले बेला(बेलामा भन्ने गरेका छन् (‘मदनकै सिद्धान्तले मार्गनिर्देश गरेको बाटोबाट अहिले देश अघि बढिरहेको छ ।’ समृद्ध नेपाल बनाउने उनको परिकल्पना भने र कहिले पूरा होला रु र कसले गर्ला रु

उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले सङ्ग्रहालय निर्माण गरेको छ । प्रतिष्ठानको २ बिघा जमिनमा १० वर्ष लगाएर सङ्ग्रहालय निर्माण गरिएको हो । तीन तलाको सङ्ग्रहालय भवनमा १६ वटा कक्ष निर्माण गरिएका छन् । जहाँ मदनको ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित जन्म घर, बसाइँ आएपछि मोरङको इटहरास्थित घर र राजनीतिक जीवनका क्रममा राजधानीमा लिएको डेरालाई सङ्ग्रहालयमा दुरुस्तै उतारिएको छ ।

सङ्ग्रहालयमा मदनको आरम्भिक जीवन र शिक्षादेखि कम्युनिस्ट आन्दोलनका भूमिगत गतिविधि, राजनीतिक विकास क्रमका जानकारीहरू, उनका वैचारिक र सैद्धान्तिक विचारहरू एवं व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न घटनाहरूलाई पूर्ण जानकारीसहित राखिएका छन् । सङ्ग्रहालयको बाह्य कक्षमा दासढुङ्गा दुर्घटनामा परेको बा अ च ८७९३ नम्बरको जिपलाई पनि राखिएको छ ।

अब खुल्ला त रहस्य ?

अहिले राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति र संविधानका संरक्षक उनै मदनकी जीवनसंगीनी विद्यादेवी छिन् र वाम गठबन्धनबाटै पाँच वर्षको लागि सरकार पनि बेनेको छ । पक्कै पनि यो पाँच वर्षको कार्यकालमा भने मदन भण्डारीको हत्यारालाई पत्ता लाग्ला कि रु त्यो डरलाग्दो घटना या भनौं षड्यन्त्रको पर्दाफास होला कि रु अहिले मदनका प्यारा जनताको मनमा झिनो आशा बाँकी नै छ ।

आज मदन भण्डारीको स्मृति दिवसमा एमाले र माओवादी एकता भइरहँदा मदन भण्डारीको हत्यारालाई खोजी गर्ने प्रतिबद्धता पनि उठ्छ कि उठ्दैन रु जनताको आशा सम्बोधन होस्

स्रोत :  www.news24nepal.tv

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology