प्रहारन्युज डेक्स

ट्वीट गर्दै ओलीले सन्दीपलाई बधाई तथा शुभकामना दिदै भने,खेल जगतसँगै म पनि हर्षित छु

नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्व- ११ का तर्फबाट खेल्ने खबरले आफू हर्षित भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वी गर्दै लेखेका छन।

बिहीवार ट्वीट गर्दै ओलीले सन्दीपलाई बधाई तथा शुभकामना दिएका छन् ।

‘नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने आईसीसी विश्व–११ का तर्फबाट इङल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने खेलका लागि छनौट हुन सफल भएकोमा नेपाली खेल जगतसँगै म पनि हर्षित छु। नेपाली युवा खेलाडीको यस सफलताका लागि हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु,’ ओलीले ट्वीट गरेका छन् ।

सन्दीपले यही मे ३१ तारिखका दिन लर्ड्समा वेस्टइण्डिजविरुद्ध च्यारिटी म्याच खेल्ने अवसर पाएका हुन् । सन्दीपको टोलीमा इयान मोर्गन, शाहिद अफ्रिदी, सोहेब मल्लिक लगायतका चर्चित क्रिकेटर छन् ।

K P Sharma Oli
@kpsharmaoli
नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने आईसीसी विश्व–११ का तर्फबाट इङल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने खेलका लागि छनौट हुन सफल भएकामा नेपाली खेल जगतसँगै म पनि हर्षित छु। नेपाली युवा खेलाडीको यस सफलताका लागि हार्दिक वधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

11:23 AM – May 17, 2018
298
58 people are talking about this

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology