प्रहारन्युज डेक्स

भारतबाट ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषध सहित दुई आयातकर्ता पक्राउ

सवारी साधन जाँच गर्ने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना पक्राउ छ।

भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

गएराति २५ प ६४८८ नंको कालो पल्सर मोटरसाइकलमा ४३५० क्याप्सुल स्पास्मो प्रोक्सिभन र १०० एमएलको ५० बोतल डाइले्रक्स नामक लागुऔषधसहित धरान उपमहानगरपालिका–८ निवासी मोटरसाइकल चालक २३ वर्षीय अजय विश्वकर्मा र सोही मोटरसाइकको पछाडि बसेर लागुऔषध बोकी बसेका धरान–१५ का २४ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवैले आफूहरुले भारतबाट धरानमा बिक्रीका लागि यी लागुऔषध ल्याएको बयान दिएको जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीले जानकारी दिएको छ ।
उनीहरुलाई अवैध लागुऔषध ओसारपसारअन्तर्गत कारवाहीका लागि प्रहरी हिरासतमा लिएर कारवाही अघि बढाएको छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology