प्रहारन्युज डेक्स

एमाले बैठकलाई सम्बोधन गर्दै ओलीले भने “भण्डारी र आश्रितले देखाएको बाटोमा दृढतापूर्वक हिँड्ने अठोट गर्छु”

अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको अन्तिम केन्द्रीय समिति बैठकलाई बिहीबार सम्बोधन गर्दै मदन भण्डारी र जीवराज आश्रितले देखाएको बाटोमा दृढतापूर्वक हिँड्ने अठोट आफूले गरेको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकलाई सम्बोधन गर्दै ओलीले‘यो टक मदन-आश्रितको २५ औँ स्मृति सभा अघिल्ला वर्षको भन्दा विशेष थियो, जहाँ एमाले-माओवादी दुवै पार्टीका नेताहरु उपस्थित थिए, त्यसले धेरै फरक कुराको संकेत गरेको छ’, उनले भने, ‘हामीसँग उहाँहरुले देखाउनु भएको बाटोमा दृढतापूर्वक हिँड्ने बाहेक अर्को विकल्प पनि छैन ।’

बालुवाटरमा जारी यो बैठकले माओवादीसँगको एकताको सहमतिलाई पारित गर्दै आफूलाई विघटन गर्ने भएको छ। केन्द्रीय समिति बिघटनसँगै नयाँ नेपाल कम्युनिस्ट पार्टी गठनको निर्णयलाई पनि पारित गर्ने कार्यतालिका छ ।

 

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology