प्रहार न्युज

गृहमन्त्री थापाले ट्राफिकलाई दिए यस्तो कडा निर्देशन

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले ट्राफिक प्रहरीलाई निर्देशन बस र टेम्पो ब्यवसायीमा खैलाबैलामच्चिएको छ। सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको पालनाका लागि नियमहरुको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएपछि उनीहरुमा खैलाबैला मच्चिएको हो।

उनले ट्राफिक प्रहरीलाई निर्देशन दिँदै बस र टेम्पोमा एक जना पनि उभिएका यात्रु नदेखिने वातावरण बनाउन भनेका छन् ।काठमाडौं उपत्यकामा आजबाट नै तीन पाङ्ग्रे टेम्पुहरुमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपाईने व्यवस्था कडाईका साथ लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आगामी आईतबारदेखि माईक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाईपूर्वक लागु गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरु गरेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology