प्रहारन्युज डेक्स

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुर्खेत – ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीया मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताउनुभयो ।

सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे१त ६८६७ नंको ट्र्याक्टरले साइडमा हिँडिरहेका बेला ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

ट्र्याक्टर चालक प्रेमराज घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology