प्रहार न्युज

दश वर्ष भित्रै नेपाललाई अन्तर्राष्ट्रिय तहमा सम्मानित बनाइने

काठमान्डौ – सरकारले एक दशकभित्रै समृद्धि सहितको सम्मानित अवस्थामा देशलाई पुर्‍याउने प्रतिबद्धता जाहेर गरेको छ । राजधानीको नया बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले दश वर्ष भित्रै अन्तर्राष्ट्रिय तहमा सम्मानित बनाउने घोषणा गरेको हो । बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले कुनै बहानामा सरकारी काममा जोर जुलुम र अराजकता स्वीकार नहुने बताएको छ । यसैगरि सरकारले नीति तथा कार्यक्रममा जनता सामू लोकप्रिय हुन जनताको काम गरेर हासिल गर्ने बताएको छ । कोशी गण्डकी कर्णली नदीमा जल यातायात संचालनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिने छ । आधारभूत उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गरिनेछ। सबै स्थानीय तहमा रोजगार सूचना कक्ष स्थापना गरिने छ ।

 

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology