प्रहारन्युज डेक्स

गाई काट्दै गरेको अवस्थामा स्याङजामा तीन जना प्रकाउ

गाई काटेको अभियोगमा स्याङजा प्रहरीले चापाकोट नगरपालिका वडा नं. २ चिर्केथुङगा निवासीका तीन जनालाई प्रकाउ गरेको छ।

पक्राउ पर्नेमा ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिए।

गाई काट्न सहभागी ३ जना र गाईको मासु सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए।गोठबाट झण्डै ७० मिटर परलगी काटिरहेको अवस्थामा स्थानीयबासीले दिएको खबरपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरु वडा प्रहरी कार्यालय वालिङ्को नियन्त्रणमा छन्। उनीहरुलाई मुलुकी ऐन २०२० को गौ बध महल अनुसार अदालतमा मुद्दा दर्ता गरिने प्जानकारी दिए। मुलुकी ऐनको महल ७ को ११ नम्बर अनुसार गाई काट्नेलाई १२व वर्ष कैद र काट् भनेर बचन दिनेलाई ६ वर्ष कैद व्यवस्था छ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology