प्रहारन्युज डेक्स

लागुऔषध नष्ट

कलैया – इलाका प्रहरी कार्यालय सिमराले ठूलो परिमाणमा नियन्त्रणमा लिएको अवैध लागुऔषध आज नष्ट गरेको छ ।
प्रहरी निरीक्षक भुवन भट्ट नेतृत्वको टोलीले विभिन्न मितिमा लागुपदार्थ बरामद गरेको थियो । कलैया उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि तथा पत्रकारको संयुक्त रोहवरमा चरेश ७६ किलो, गाँजा सात किलोग्राम आदि नष्ट गरिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको एक हजार २३५ लिटर घरेलु मदिरासमेत नष्ट गरिएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology