प्रहारन्युज डेक्स

एक व्यक्ति १५ दिनदेखि बेपत्ता

राजविराज,  सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् ।

कुनै कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद झा १५ दिनदेखि बेपत्ता रहेको उनका छोरा गुञ्जन झाले बताउनुभयो । मानसिक सन्तुलन केही असामान्य भएका आफ्नो बुबालाई खोजी गरिदिनका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायलाई छोरा गुञ्जनले आग्रह गर्नुभएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology