प्रहारन्युज डेक्स

९ घन्टापछि हतकडीसहित भागेका एक अभियुक्तलाई  नियन्त्रणमा

प्रहरीले ९ घन्टापछि हतकडीसहित भागेका एक अभियुक्तलाई  नियन्त्रणमा लिएको छ।

कास्की मादी गाउँपालिका वडा नम्बर १० थुम्सीकोट घर भएका राज कुमार परियार प्रहरीको नियन्त्रणमा हुँदा हुँदै मकैबारीबाट हतकडीसहित फरार भएका थिए।

प्रहरी प्रभाग बैदामबाट खटिएको टोलीले परियालाई नियन्त्रणमा लिएको हो।

उनी नजिकैको पुलमुनि लुकेर बसेको थिए। परियारलाई बुधबार नै प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत पक्राउ गरेको थियो।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology