प्रहारन्युज डेक्स

करेन्ट लागेर युवकको ज्यान गयो

मंगलबारे, इलाम – इलामको माङसेबुङ गाउँपालिकामा काम गर्ने क्रममा करेन्ट लागी एक युवाको मृत्यु भएको छ ।

माङसेबुङ गाउँपालिका–४ का २८ वर्षीय नियुशन लिम्बूको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय बागमारा खोलामा निर्माणाधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई साँझ करीब ६ बजे करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको दमकतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

मृतकको शव झापाको दमकस्थित आम्दा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology