प्रहारन्युज डेक्स

मोटरसाइकल ठोक्किँदा नापी कार्यालयका कर्मचारीको मृत्यु

सुनसरी : ट्याक्टर र मोटरसाइकल ठोक्किँदा नापी कार्यालय, धरानका कर्मचारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान  नापी कार्यालयमा कार्यरत दाङको तुलसीपुर–११ घर भई ३२ वर्षीय गुमानसिंह बस्नेत रहेको इलाका प्रहरी कार्यलय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए। बुधबार राति ८ बजेतिर धरान–१२ छाताचोकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो।

ट्याक्टरका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology