प्रहारन्युज डेक्स

ब्रेकिङ न्युज : चुम्लिङटारमा माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा ३ को मृत्यु

चितवन – चितवनको चुम्लिङटारमा शुक्रबार बिहान ट्रक र माइक्रोबस ठोक्किदा ३ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पानीधारा भन्ने स्थानमा ठक्कर दिएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बिहान करिब साढे सात बजे भएको हो ।

घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइएको छ । ट्रक त्रिशूली नदी किनारमा पुगेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology