प्रहारन्युज डेक्स

सरकारले खोस्यो पूर्व मुख्य सचिव डा सोमलाल सुवेदीको एडिबीको जागिर

काठमाडौँ -सरकारले पूर्व मुख्य सचिव डा सोमलाल सुवेदीको एसियाली विकास बैंक (एडिबी) को जागिर  खोसेको छ । प्रतिष्ठित पदमा हुँदाहुँदै आर्थिक स्थिति सुधार गर्न मुख्य सचिव पदनै छाडेर सुवेदी जागिर छाडेर फिलिपिन्सको मनिला गएका थिए ।

तर मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाएको हो । सुवेदीको स्थानमा अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ ।

उपकार्यकारी निर्देशकमा जागिर खान उनले आलोचनापछि मुख्यसचिवबाट राजिनामा दिएका थिए । त्यतिबेला संसदमा समेत चर्को आलोचना भएका थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology