विवाहको भोलिपल्ट श्रीमतीलाई ‘म समलिंगी हुँ’ भनेपछि… (भिडियो सहित)

म आज पहिलोपटक कसैलाई आफ्नो अन्तस्करण खोल्ने प्रयास गर्दैछु । सायद यो पनि पहिलोपटक होला – म आफ्नै मनसँग कुरा गर्न डराएको विषय अरु कसैका सामु स्पष्ट पार्न कोसिस गर्दैछु । कति हदसम्म म आफ्ना कुरा छर्लङ्ग बुझाउन सकुँला, त्यो म स्वयंलाई थाहा छैन । मेरो पूरा पत्र पढेपछि तिमीलाई के लाग्न सक्नेछ भने मैले तिमीलाई ठूलो र असामान्य धोका दिएको छु, साथसाथै मैले तिम्रो नारीत्व र अस्मिताको अपमान गरेको मात्र होइन क्षतविक्षत पनि पारेको छु । तिमीले मजस्तो पाखण्डीको मुखुण्डो खुलेको पनि महसुस गर्न सकौली, म त्यसका लागि दोष पनि दिन्नँ । कारण मलाई थाहा छ । तिम्रा ठाउँमा म भएको भएपनि त्यस्तै महसुस गर्ने थिएँ । तिमीसँग विवाह गर्न म पटक्कै उत्सुक थिइनँ । यथार्थमा २५ वर्षको लाठे तन्नेरी भनेर टोलछिमेकमा कहलिएको ममा ठूलो खर्चबर्च गरेर ठाँटसाथ बाबुआमाको रोजाईपछि गरिने कुनै पनि किसिमको विवाहप्रति मेरो कहिल्यै पनि पटक्कै चासो रहेन । तिमीले मेरो स्पष्टोक्तिलाई आफ्नो पाखण्डको मुखुन्डो उत्रिसकेपछि पनि लाज पचाएर आफूलाई भलादमी साबित गर्न प्रयास गरिरहेको एउटा नकचराको झुटो प्रलापका रूपमा लिए पनि मलाई आपत्ति छैन । कारण अहिले म जे लेखिरहेछु त्यो मेरो सत्य हो । मेरो व्यक्तित्वमाथि प्रभाव पारेर बसेको र म आफैँले पनि अहिलेसम्म राम्ररी चिन्न नसकेको असाधारण प्रकृतिका बारेमा आजसम्म जन्म दिने बा–आमासँग पनि छलफल गर्न नसकेको यथार्थ हो । मैले आफूले आफूलाई चिनिसकेपछि यसको जानकारी पाउनुपर्ने सबैभन्दा पहिलो सरोकारवाला र उचित व्यक्ति पनि तिमी नै भएको ठानेर म यो यथार्थ तिमीसँग बाँड्दै छु ।

 

तिमीसँग विवाह गर्न म पटक्कै उत्सुक थिइनँ । यथार्थमा २५ वर्षको लाठे तन्नेरी भनेर टोलछिमेकमा कहलिएको ममा ठूलो खर्चबर्च गरेर ठाँटसाथ बाबुआमाको रोजाईपछि गरिने कुनै पनि किसिमको विवाहप्रति मेरो कहिल्यै पनि पटक्कै चासो रहेन । जिन्दगीभर सँगै बसेर जीवन बिताउनुपर्ने व्यक्ति त प्रत्येक व्यक्तिले आफैँ छान्न पाउनुपर्ने हो भन्ने कुरा विवाहका बारेमा बुझ्न थाल्ने भएदेखि नै मेरा मनमा दह्रिलोेसँग डेरा जमाएर बसेको थियो । मैले विभिन्न बहानामा तिमीलाई इन्कार गर्न पटकपटक कोसिस पनि गरेँ । तर बाबुआमाको म एक्लो छोराको जन्म र लालनपालनमा रहेको असीमित चाख र त्यागका कुराहरू आफन्तबाट सुन्दै आएको पृष्ठभूमिमा मैले उहाँहरूका मनमा चोट पु¥याउने खालका कुनै पनि किसिमको पाइलो चाल्न आफूलाई असमर्थ पाएँ । सायद यहीँदेखि म चुक्दै गएँ र अन्त्यमा कस्तो स्थितिमा आइपुगेँ भने आज मेरो सम्पूर्ण व्यक्तित्व नै मेरा आफ्नै आँखाअगाडि स्खलित हुँदै गएको अनुभव हुन थालेको छ । मैले आफ्नो अन्तरआत्माको आवाज त्यतिखेरै सुनेको भए, मेरा मनले के भन्दै छ त्यसपट्टि अलिकति मात्र चासो दिएर विश्लेषण गर्नपट्टि लागेको भए आज न तिमीले यसरी प्रताडित हुनुपथ्र्यो न मैले पानीविनाको माछाझैँ पश्चाताप र वियोगको आगोमा छटपटाइरहनुपथ्र्यो ।  विवाहपछिको पहिलो रात मलाई तिमीसँग बोल्ने उत्साह र जाँगर पनि थिएन । त्यसैले म त्यसदिन असाध्यै पेट दुखेको बहाना गरी केही नखाई सुतेँ । तर निद्रा कहाँ लाग्नु ? ढाँटेको रहस्य खुल्ला भनेर अस्पताल जान पनि मानिनँ । म सबै चाल पाइरहेको थिएँ । तिमी रातभरि ननिदाईकन सोफामा छटपटाइरह्यौ ।
तिमीसँग विवाहका धार्मिक–सामाजिक प्रक्रियाहरू सम्पन्न भइरहँदा म कत्ति पनि सन्तुष्ट रहिनँ । मलाई प्रत्येक पल केही ठूलो गडबडी भइरहेको अनुभूतिले गाँजिरह्यो, हुनु नपर्ने घटना भइरहेजस्तो, केही उल्टो भइरहेजस्तो । म क्षण–क्षण नजानिँदो पीडाले ग्रस्त भइरहेको अनुभव गर्दथेँ ।

 

यदाकदा त सम्पूर्ण प्रक्रिया बीचैमा छाडेर सिनेमाहरूमा मन नपरेको विवाह गर्नुपर्दा जग्गेमा बस्नुअघि नै बेहुलीलाई जग्गेमा नै छाडेर भागेजस्तो गरी भागूँभागूँ लाग्थ्यो । तर किन हो मैले व्यवहारमा त्यस्तो गर्न चाहिनँ, यथेष्ट उत्प्रेरण र शक्तिपनि आफूभित्र पाइनँ ।
मन अलि दह्रो गरेर आँट गर्न खोज्यो कि मेरा मनमा नानाभाँतिका कुरा खेल्न सुरु हुन्थे । कस्तो लाग्थ्यो भने मेरो इच्छाविरुद्ध नै भएपनि कुनै त्यस्तो कसैको पनि नभएको काम त भइरहेको थिएन ! कसै न कसैसँग, कुनै न कुनै वेला मैले यस प्रक्रियाबाट गुज्रनु नै थियो । आखिर थुनेर जबर्जस्ती गरी राखिएको म असहाय बच्चा पनि त होइन । यतिविधि दिशाविहीनजस्तो भएर, यस्तो विधि असहायपन अनुभूत गर्नुमा कतै मेरो असाधारण रूपले कोमल र कमजोर अन्तरमन त जिम्मेवार छैन ? म बारम्बार आफैँसँग प्रश्न गर्थेँ । म सानैदेखि अलि बढी पिन्चे पनि थिएँ । आफूलाई मन नपरेको कुरा पनि व्यक्त गर्न नसकेर भित्रभित्रै कुँढिएर बस्ने, हक्की भएर प्रतिरोध गर्न नसक्ने मेरो सानैदेखिको बानी हो । यसरी भित्रभित्रै तर्क गरेर मनमनै चित्त बुझाउन पनि कति कोसिस गरेँ, तर जति गरे पनि सकिँन । विवाहपछिको पहिलो रात मलाई तिमीसँग बोल्ने उत्साह र जाँगर पनि थिएन । त्यसैले म त्यसदिन असाध्यै पेट दुखेको बहाना गरी केही नखाई सुतेँ । तर निद्रा कहाँ लाग्नु ? ढाँटेको रहस्य खुल्ला भनेर अस्पताल जान पनि मानिनँ । म सबै चाल पाइरहेको थिएँ । तिमी रातभरि ननिदाईकन सोफामा छटपटाइरह्यौ । एकान्त भएपछि तिमी पलङनेर आउँदै मलाई हेर्दै जाँदै गरेको थाहा भइरह्यो । तिमीसँग बोल्नुपर्ला भनेर म निद्रा नलागे पनि आँखा चिम्लेर सुतेको बहाना गर्न भित्तापट्टि फर्केर नचटपटाई लडिरहेँ । शरीर एकपटक हलुकासँग थरर्र काम्यो अनि एकछिनको हिचकिचाहटपछि मेरो शरीरमाथि बिस्तारै निहुरिँदै गयो । उसको न्यानो सासले मेरो अनुहारका चेतन स्नायुलाई तरङ्गित गर्दै उसका दुवै ओठले झन्डै मेरा ओठ छुन लागेका वेलामा अघिसम्म मन्दप्रकाशमा स्पष्ट नदेखिएको उसको अनुहार झ्वाट्ट मेरा आँखाअगाडि आफ्नो सम्पूर्ण सुन्दर र आकर्षणसहित स्पष्ट भएर आयो ।

 

 

भोलिपल्ट बिहान नुहाइवरी बाआमालाई ढोगेर तिमी त सबै सङ्कोच त्यागी पुरानी दुलहीझैँ मेरो हेरचाह गर्न कस्सियौ । तर म भने अप्ठेरोमा परेँ । आमाले ‘अब तेरो स्याहार गर्ने मान्छे यता छ’ भनेर तिमीतिर देखाउँदा तिमी लाजले रातो भयौ, तर म भने कहिल्यै नउम्कने पासामा परेको मृगझैँ भित्रभित्रै व्यथित भइरहेँ । दिनभरि एक गिलाँस सुपमात्र खाएर पेटको व्यथाभन्दै मनको व्यथाले सुतिरहेको म साँझपख कतिखेर निदाएँछु पत्तै भएन । निद्रामा मैले एउटा बडो मीठो सपना देखेँ । ‘धेरै दिनपछि म पहिलेजस्तो स्फूर्ति र उर्जासाथ ओछ्यानमा पल्टेको रहेँछु । कसैको हात अत्यन्त स्नेहसाथ मेरो पेट, छाती र निधारमा स्पर्श गर्दै मलाई आनन्दित पार्दै थियो । म आनन्दको अनुभवको एकपछि अर्को तह पार गर्दै प्रसन्नचित्तले आफ्ना दुवै हातहरू अगाडि बढाउँदै मलाई सुमसुम्याउने हातहरू पक्डेर तिनलाई मुसार्न थालेँ । एकछिनको झस्काइपछि अघिका ती दुवै हातहरू फेरि मेरो शरीरलाई अझ गहिरोसँग स्पर्श गर्दै खेल्न लागे । आनन्दातिरेकले गर्दा प्रत्युत्तरमा मैले आफ्ना दुवै हातले ती हातपछाडिका मधुरो प्रकाशको छायाँमा छोपिएको शरीरलाई च्याप्प समाएर आफूतिर तानेँ । त्यहाँ शरीर एकपटक हलुकासँग थरर्र काम्यो अनि एकछिनको हिचकिचाहटपछि मेरो शरीरमाथि बिस्तारै निहुरिँदै गयो । उसको न्यानो सासले मेरो अनुहारका चेतन स्नायुलाई तरङ्गित गर्दै उसका दुवै ओठले झन्डै मेरा ओठ छुन लागेका वेलामा अघिसम्म मन्दप्रकाशमा स्पष्ट नदेखिएको उसको अनुहार झ्वाट्ट मेरा आँखाअगाडि आफ्नो सम्पूर्ण सुन्दर र आकर्षणसहित स्पष्ट भएर आयो । अनि त्यो परिचित अनुहार र त्यसपछाडिको शरीरमा लुकेका आनन्दका सम्भावना मेरा अगाडि एकएक गरेर स्पष्ट भए । एक्कासि मैले नचाहँदा–नचाहँदै मेरो निद्रा खुल्यो । म ब्युँझिदा तिमी हतारहतार मेरो हात छुटाएर ढोकातिर दौडियौ । अनि म छततिर एकटक लगएर हेर्दै त्यो अनौठो मीठो सपना र त्यसको सम्झनासँग खेल्न लागेँ । हो, म पुरुष समलिंगी हुँ । मेरो प्रेमी पनि पुरुष नै हो । त्यसकारण मेरो जीवनसाथी बन्ने हकपनि उसैको छ । हामी अल्पसंख्यक हुन सक्छौँ तर सृष्टिकै अंश हौँ ! म तिमीलाई प्रेम गर्दिनँ । तिमीप्रति मेरो कुनै आकर्षण छैन । तिमी र म सँगै जिन्दगी बिताउनपट्टि लाग्यौँ भने हामी दुवैको जीवन नरकभन्दा कष्टकर हुनेछ । त्यो एक छिनको सपनाले मैले अहिलेसम्म महसुस गर्दै आएको तर स्वीकार गर्न नसकेको मेरो व्यक्तित्वको महत्वपूर्ण पक्षलाई अस्वीकार गर्न नमिल्ने गरी स्पष्ट गरिदिएको छ । अब मेरो बाआमा, तिमी र सम्पूर्ण समाजलाई म धोकामा राख्न चाहन्नँ । नत्र हामी सबैले असीमित कष्ट भोग्नुपर्ने हुन्छ । अब जतिसुकै अप्रत्याशित र अनौठो भएपनि सृष्टिको यस रोमान्सलाई स्वीकार गर्नु मै सबैको कल्याण छ । किनभने अब मलाई यथार्थ के हो भन्ने स्पष्ट भएको छ । कुनै पनि व्यक्ति त्यही हो जो उसका अन्तर्मनका आँखाले देखेर भाग्दछन्, त्यो होइन जो अरुकाबाहिरी आँखाले हेरेर उसलाई बनाउँदछन् । संसारमा सबैभन्दा सुन्दर कुरो सत्य हो । सत्यभन्दा केही छैन, त्यो पनि निर्वस्त्र आफ्नो मौलिक जन्मजात स्वरूपमा ।

 

म यथार्थमा अरु कसैलाई प्रेम गर्दछु जुन साँचो प्रेमलाई स्विकार्न समाजको डरले र परिवारप्रतिको कर्तव्यबोधले उ र म असमर्थ थियौँ, सत्य त्यहीँ हो, त्यसबाट टाढा हुँदा म यतिविधि बेचैन र पीडित भएको थिएँ । त्यो प्रेम असाधारण भएपनि त्यसको स्वरूप त्यही हो, जुनअघि मैले देखेँ र देखेपछि मेरा सबै बेचैनी र अन्तद्र्वन्द्व हराए । ईश्वरले यस सत्यको रचना यसरी नै गरेको छ भने यसको सम्मानबाटै म, तिमी, बाआमा, समाज सबै यथार्थमा खुसी भएर बाँच्न सक्छौँ । तिमी र म बढीमा असल साथी हुन सक्छौँ, जीवनसाथी होइन । कारण मैले अघि सपनामा देखेको र स्पर्श गरेका ती सुन्दर हात, अनुहार, न्यानो सास, तिनको मिठास भौतिक रूपमा तिम्रै भएपनि मेरो अवचेतन सूक्ष्म मस्तिष्कलाई आह्लादित र रोमाञ्चित गर्ने अस्तित्व मेरो प्रेमीको हो जसको भौतिक बनावट नारीको भएर मेरैजस्तो छ, अर्थात् ऊ पनि एक पुरुष नै हो । म तिनै पुरुषलाई औधी माया गर्छु । अब म समलिंगी भएको कुरा लुकाउन चाहन्न । हो, म पुरुष समलिंगी हुँ । मेरो प्रेमी पनि पुरुष नै हो । त्यसकारण मेरो जीवनसाथी बन्ने हकपनि उसैको छ । हामी अल्पसंख्यक हुन सक्छौँ तर सृष्टिकै अंश हौँ !

(डा. पोखरेलको सृष्टिको रोमान्स पुस्तकमा रहेको एक प्रतिनिधि कथाको सम्पादीत अंश)

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology