प्रहारन्युज डेक्स

दुव्र्यवहारका मुद्दा बढे, आर्थिक वर्ष २०७४/७५ मा ९९ जनालाई जबर्जस्ती करणी

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षमा यौन हिंसाका घटना बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा जबर्जस्ती करणीका ९९ र जबर्जस्ती करणी उद्योगका ३४ गरी कूल १३३ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका जबर्जस्ती करणीका ९९ मुद्दामध्ये ९१ वटा मात्र फछ्र्योट भएका छन् । जबर्जस्ती करणी उद्योगका ३४ मुद्दामध्ये ३१ वटाको फछ्र्योट भएको छ ।

यस्तै, आव २०७३्७४ मा ५७ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका थिए भने ३४ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । आव २०७२७३ मा ५३ वटा जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको थियो भने १९ वटा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो ।

आव २०७१्७२ मा जबर्जस्ती करणीका ४७ वटा मुद्दामध्ये सबै फछ्र्योट भएका छन् । ३८ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले समाजमा बलात्कारका घटना बढेकोमा प्रहरी चिन्तित रहेको बताउनुभयो ।

बलात्कारका घटना न्यूनीकरण गर्न झापाका १५स्थानीय तहका नागरिक र प्रहरी प्रशासनबीच सार्वजनिक सुनुवाइ भइरहेको उहाँको भनाइ छ । यौन दुव्र्यवहारका घटना निरुत्साहित गर्न झापामा सादा पोशाकमा १५० भन्दा बढी प्रहरी ग्रामीण क्षेत्रमा परिचालन गर्ने योजना बनाइएको प्रहरी नायब उपरीक्षक ढकाल बताउनुहुन्छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology