प्रहारन्युज डेक्स

लिफ्ट उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज पोखरा ! यसरी ओर्ले सेनाको हेलिकप्टरबाट हेर्नुस

पोखरा- विन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्ट उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा अैइ पुगेकी छिन् । उनले लिफ्टमा रहेको शिलापत्र अनावरण गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
‘उहाँ लिफ्टको उद्घाटनपछि शिव मन्दिर, विन्ध्यवासिनी मन्दिर, गणेश मन्दिरमा पूजा तथा दर्शन गर्नुहुनेछ ‘त्यसपछि दाताहरुलाई सम्मान गरेर सम्बोधन गनुहुनेछ ।’

पोखराको विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट चढेर दर्शन गर्न पाइने भएको छ । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको हो।
गत वर्ष वैशाख महिनादेखि निर्माण सुरु भएको उक्त लिफ्ट ६० फिट अग्लो छ । लिफ्टमा एकैचाटीमा १२ जनासम्म चढ्न मिल्छ । यसको भारबहन क्षमता ६ सय ८० किलोग्राम रहेको छ । उक्त लिफ्ट व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्सको संयुक्त लगानीमा १ करोड लागतमा बनेको हो ।

‘लिफ्ट निर्माण नहुँदा जेष्ठ नागरिक र अशक्त, अपांगलाई गाह्रो थियो ।हाललाई जेष्ठ नागरिक र शारीरिक अपांगलाईमात्रै लिफ्टको निशुल्क व्यवस्था गरिएको छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology