प्रहार न्युज

  • ११
  • १२
  • १३

रिना प्रकरण : पक्राउ परे उनकै मिल्ने साथि ! भेटियो यस्तो तथ्य ?

पथरी – मोरङ पथरीशनिश्चरे १ मा गत शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को मृत्युको बिषयलाई लिएर प्रहरीले उनकै २ जना साथीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका ५ बजेको समयमा पथरीमा आएका २ जना अपरिचित युवाहरु सँग रिनाको भेट गराएको कुरा सार्बजनिक भयको छ। उनका २ जना मिल्ने साथीले भेट गराई चिसो समेत पिएर छुटेको कुरा सार्बजनिक भएपछि प्रहरीले उनीहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिएको छ । बुधबार मात्र त्यहि मध्येकी एक साथीको मोबाईल समेत हराएको भनिएपछि घटना थप शंकास्पद बनेको छ ।

ती युवा को थिए ? उनीहरुको भेट किन गराईयो ? भन्ने बिषय थप शंका उत्पन्न गराएको छ । रिनाका ति दुबैजना मिल्ने साथी होटल सञ्चालक हुन ।यसैबिच प्रहरीले रिनाको शव ईटहरीस्थित बुढीखोलामा शुक्रबार अत्येष्टि गर्ने तयारी गरेसँगै कविता पराजुलीको संयोजकत्वमा बनेको संघर्ष समितिले उनको शव पथरीमा ल्याई अन्त्येष्टि गर्नुपर्ने बताएको छ । केही स्थानीयले घटनाको सत्यतथ्य सार्बजनिक नभई शव अन्त्येष्टि गर्न नहुने बताउँदै आएका छन ।

हेर्नुहोस अन्य भिडियो 

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology