सभ्य र समतामुलक समाज निर्माणकालागि दैलेखमा राष्ट्रिय द- लिड सशक्त युवा समूह गठन


पोखरा ,  १६ कार्तिक l

समाजका विद्यमान हत्या हिंसा बलात्कार, जातीय छुवाछूत विभेद बिकृति र संकुचित सोचलाई चिराफारा गरी स्थानीय समुदायमा आर्थिक, समाजिक, सांस्कृतिक एबं शैक्षिक परिवर्तन ल्याउन सहयोग गर्ने भन्दै दैलेखमा राष्ट्रिय द- लिड सशक्त युवा समूह गठन भएको छ l

सधैं लडियाे अरुका लागि अब लडाै अाफु र अाफ्नाे समुदायको लागि भन्ने मुल नारा सहित समुदायमै उपलब्ध स्रोत,साधन र जनशक्तिको क्षमता पहिचान गरी समुचित संरक्षण, परिचालन र विकास गर्न व्यवहारिक एबं वैज्ञानिक सिकाईको अवलम्बन  गरिने समूहका दैलेख जिल्ला ईन्चार्ज प्रदिप कुमार माकुने जानकारी दिनुभयो  l उहाले  समुदायमा उत्पादन प्रणालीको पुरातनवादी सोचमा आधारित संस्कृतिको वस्तुनिष्ठ दृष्टिकोणमा स्थायी परिवर्तन ल्याई सभ्य र समतामुलक समाज निर्माणका लागि उत्तरदायी र जिम्मेवार जनशक्ति उत्पादन गरिने जिकिर गर्नुभयो l

आम समुदायको जीवन पद्दतीलाई सकारात्मक परिवर्तन र जागरुक गर्नका लागी दृढता पुर्वक संगठित भई कार्य गर्न संगठित एकताको आवश्यकता भएको  राष्ट्रिय द- लिड सशक्त युवा समूह का अध्यक्ष राम नेपाली भनाई  छ l

संगठन बिस्तारका दैलेख पुगेका समुहका  जिल्ला ईन्चार्ज प्रदिप कुमार माकुनेकाे अध्यक्षतामा वसेकाे भेलाले राम नेपाली काे अध्यक्षतामा १५ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ l   साथै समुहले भाेजपुरमा वालिका माथि भएको घटनामा सरकारसंग दोषीलाई जन्मकैद गरि वालिकाकाे सुरक्षा र स्वास्थ उपचार निशुल्क  गर्न माग गरेको  छ  l  यस्ता घटना दोहोरिन नदिन  नया कार्यनिति ल्याई कार्यन्वयन गरिनु पर्ने भन्दै घटनाको घाेर भर्सना गरेको  छ  l

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार