प्रकाश दाहालप्रति शीर्ष नेताहरुले यसरी दिए सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोराको निधनप्रति प्रमुख दलका शीर्ष नेताहरुले सामाजिक सञ्जालमार्फत श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको अल्पायुमै निधनको खबरले मर्माहत र स्तब्ध तुल्याएको बताएका छन् ।
“पूर्व प्रधानमन्त्री एवम् मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धान्जली र

शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु,” प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन् ।

पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।

— Sher Bahadur Deuba (@PM_Nepal) November 19, 2017

कांग्रेस नेता गगन थापाले पनि प्रकाश दाहालको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!
साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!

— Gagan Thapa (@thapagk) November 19, 2017

त्यसैगरी नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि प्रकाश दाहालको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु! pic.twitter.com/djb4BYJBvp

— Baburam Bhattarai (@brb1954) November 19, 2017

राप्रपा अध्यक्ष कमल थापाले पनि सामाजिक सञ्जालमार्फतनै श्रद्धान्जली व्यक्त गरेका छन् ।

पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु।व्यक्तिगतरुपमा उनि असल मानिस थिए।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन।हार्दिक समवेदना pic.twitter.com/wPRXUladUF

— Kamal Thapa (@KTnepal) November 19, 2017

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार