प्रहार न्युज

अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ : सांसद अधिकारी (फाेटाे फिचर)

पोखरा, पुस २२ गते । नवनिर्वाचित सांसद खगराज अधिकारीले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै उहाँले शिक्षक र विद्यार्थी दुवैले आधुनिक प्रविधिमा ज्ञान नराख्ने हो भने त्यस्तो शिक्षण सिकाइले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो ।
कास्की क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित अधिकारीले प्राविधिक सामग्रीको अभाव भएका विद्यालयहरुलाई सहयोग गर्न आफूले केन्द्रमा पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका अधिकारीले छुट्टै प्रसङ्गमा सांसदहरुलाई माननीय भन्नुको अर्थ नबुझेको भन्दै आफूलाई यो विशेषण नपच्ने बताउनुभयो । बरु मतदान गरेर जिताउने जनता माननीय भएको उहाँको भनाइ थियो । थुम्कीको पिच हुँदै गरेको सडक जेठभित्र कुनै पनि हालतमा सम्पन्न हुनुपर्ने बताउँदै उहाँले स्थानीय स्तरमा रहेको खानेपानी समस्या समाधानका लागि पहल गर्ने वाचा गर्नुभयो ।
कार्यव्रmममा प्रदेश नं. ४ को प्रदेश सभाका सांसद दीपक कोइरालाले शैक्षिक उन्नतिका लागि नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कोइरालाले सहिदले बगाएको रगतको सम्मान हुने गरी आधुनिक समयसापेक्ष शैक्षिक गतिविधि सञ्चालन गर्न शैक्षिक संस्थाहरुलाई सुझाव दिनुभयो ।
कार्यव्रmम तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाले आफू शिवालयको शैक्षिक गुणस्तर पुनःस्थापित गर्नका लागि अघि बढेको बताउनुभयो । विद्यालयको शैक्षिक स्तर उकास्नका लागि जस्तोसुकै कदम चाल्न र त्याग गर्न पनि आफू तयार रहेको उहाँको भनाइ थियो ।
निमित्त प्रधानाध्यापक जयराम सुवेदीले वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै विद्यालयलाई भांैतिक मात्र नभई शैक्षिक गुणस्तरका दृष्टिले पनि विकास गर्ने योजनाहरु अघि सार्नुभएको थियो ।
रुपा गाउँपालिकाका शिक्षा विभाग प्रमुख भोजराज न्यौपानेले अहिलेका विद्यार्थी गेसबुक र फेसबुकले बिग्रँदैका गएको भन्दै तिनको दुरुपयोग नर्गन सुझाव दिनुभयो ।     
शिक्षक रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा पूर्व विद्यार्थी तथा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक मनबहादुर भुजेल, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष श्रीकृष्ण सुवेदी, वडा नंं २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती, अक्षयकोषका संरक्षक बलबहादुर गुरुङ, प्रगतिशील आधारभूत विद्यालयकी शिक्षिका शान्ता तिमल्सेना, नेकपा एमालेका राजन सुवेदी, पूर्व प्रधानाध्यापक रोशन गुरुङ, विद्यार्थी सविता रुपाखेती, शिक्षक टङ्कप्रसाद सन्ज्याल, अभिभावक कुलप्रसाद ओझालगायतले शुभकामना दिनुभएको थियो ।
कार्यव्रmममा विद्यालयको विकासका लागि विभन्न ढङ्गले भूमिका खेल्ने मणिराम ओझा, चेतभक्त ओझा, बलबहादुर गुरुङ, कृष्णप्रसाद सुवेदी, विश्वराज पगेनीलाई सम्मान गरिएको थियो भने स्व. हिमलाला ओझालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो । यस्तै, विद्यालयलाई सहयोग गर्ने साथी नेपाल र गोरखा वेलफेयर स्कीम गरी दुई संस्थालाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सो अवसरमा शैक्षिक सत्र २०७३ का शैक्षिक र सहकार्यकलापका पुरस्कार तथा पूणबहादुर थापा, तुलाराम गुरुङ, नन्दकुमारी ढुङ्गाना, तुलसीप्रसाद ढुङ्गाना, जमुनादेवी गुरुङ, झगबहादुर गुरुङ, चूणामणि बसुन्धरी गरी ७ ओटा अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यव्रmममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि प्रदर्शन गरेका थिए ।
२०१७ सालमा स्थापित विद्यालयमा हाल कक्षा १२ सम्म १७८ जना विद्यार्थी अध्ययनरत छन् भने १८ जना शिक्षक÷कर्मचारी कार्यरत छन् ।

तस्बिर साैजन्य : सुरज गुरुङ

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology